आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

युवाहरुद्वारा देवचुली नगरपालिकालाई अक्सीजनसहित स्वास्थ्य सामाग्री प्रदान

    प्रकाशित २०७८ बैशाख ३०, बिहिबार (३ साल अघि)


नवलपुर । देवचुलीका युवाहरु कोरोना संक्रमणबाट बच्ने र बचाउने अभियानमा जुटेका छन । बसन्त पोख्रेलको संयोजनमा देवचुली नगरपालिकाका युवाहरुले खेम शर्मा काफ्ले स्मृती प्रतिष्ठान नै संचालन गरी कोभिडका र स्वास्थ्यका लागि आवश्यक पर्ने सामाग्रीहरु नगरपालिकालाई प्रदान गर्ने अभियानका साथ लागेका हुन ।
पोख्रेलको संयोजनमा संस्थापना भएको उक्त खेम शर्मा काफ्ले स्मृती प्रतिष्ठानले “अक्सिजन बैंक” समेत स्थापना गरेको छ । यो संगै युवाहरुले आर्थिक सहयोग संकलन गरि देवचुली नगरपालिकाको स्वास्थ्य शाखालाई बुधवार स्वास्थ्य सामाग्री सहित हाललाई २३ वटा अक्सीजन ग्यास सिलिण्डर हस्तान्तरण गरेको छ ।अक्सीजन ग्याससंगै १० वटा वेडलाई आवस्यक पर्ने अक्सीजनका लागि आवश्यक पर्ने सामाग्री , माक्स र अन्य स्वास्थ्य सामाग्रीहरु नगरपालिकालाई हस्तान्तरण गरेको बताए ।
बुधवार नगरपालिकाको परिसरमा आयोजना गरिएको अक्सीजन प्रदान कार्यक्रममा नगरका प्रमुख पुर्णकुमार श्रेष्ठले युवाहरुले संचालन गरेको यो अभियान वर्तमान अवस्थामा अति आवश्यक र महत्वपुर्ण रहेको भन्दै यो अभियान निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।उहाँले नगरपालिकाले कोभिडको समयमा कोरोना संक्रमितहरुका लागि  नगरपालिकाले स्वास्थ्य सेवा निरन्तर प्रदान गर्ने बताउनुभयो । स्वास्थ्य सामाग्रि हस्तान्तरणका कार्यक्रममा नगरपालिकाका उपप्रमुख पार्वता तिवारी, नगरपालिकाका प्रवक्ता क्याप्टेन डिलबहादुर खत्री, प्रमुख कार्यकारी अधिकृत गोविन्द सिग्देल, स्वास्थ्य शाखाका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

Write your Comment