आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

प्रधानमन्त्री ओली पदमुक्त, पाएनन् विश्वासको मत

    प्रकाशित २०७८ बैशाख २७, सोमबार (३ साल अघि)


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतीबेला पदमुक्त भएका छन् । आज विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।

म माथि प्रतिनिधिसभाको विश्वास छ भनि प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा जम्मा ९३ मत परेको थियो भने विपक्षमा १२४ मत खसेको थियो । आजको बैठकमा उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसेका थिए ।

प्रधानमन्त्री ओलीको प्रस्तावको पक्षमा आएको ९३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख ले घोषणा गरे ।

प्रतिनिधि संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् तर प्रधानमन्त्री ओलीले आफैं आफ्नो दलको सबै मत पाउन सकेनन् । एमालेमा समानान्तर संरचना बनाएका माधवकुमार नेपाल पक्षका सांसदहरु पुर्व घोषणा गरी बैठकमा अनुपस्थित भएका थिए ।

कांग्रेस, माओवादी केन्द्र, जसपा बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका थिए भने जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष र नेमकिपा का एक सांसद तटस्थ बसेका थिए ।

Write your Comment