आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता: गैंडाकोट फुटबल क्लब सेमिफाइनलमा प्रवेश

    प्रकाशित २०७७ चैत्र २६, बिहिबार (३ साल अघि)


राजु चापागाई, नवलपुर । देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ मा गैंडाकोट फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली मा वि को खेलमैदान फारममा आज गैंडाकोट फुटबल क्लबका विरुद्ध बरटाँडी युवा क्लबबिच भएको गैंडाकोट फुटबल क्लब ५-३ गोल अन्तरले विजयी भएको हो ।खेलमा गैंडाकोट फुटबल क्लबका नवराज गुरुङ र अनुप गुरुङले २/२ गोल , आशा गुरुङले १ गोल गरेका थिए भने बरटाँडी युवा क्लबका जित मगर , सलिम तामाङ र देव दुराले १/१ गोल गरेका थिए। आजको खेलमा गैंडाकोट फुटबल क्लबका अनुप गुरुङ म्यान अफ दि म्याच भएका थिए।

नवलपुर जिल्लाका १६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५० हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमले रु २० हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । भोली क्वाटर फाईनल अन्तर्गत दोस्रो खेल अभिषेक चर्च रजहर र फारम पहेँलोबिच हुने खेल संयोजक विष्णुकुमार वाग्लेले जानकारी दिनुभयो ।

Write your Comment