आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगितामा बरटाँडी युवा क्लब विजयी

    प्रकाशित २०७७ चैत्र २२, आईतबार (३ साल अघि)


राजु चापागाई, नवलपुर । देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ मा बरटाँडी युवा क्लब विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली मा वि को खेलमैदान फारममा आज बरटाँडी युवा क्लबका विरुद्ध न्यु नारायणी युवा क्लबबिच भएको खेलमा युनाईटेड युवा क्लब ५-१ गोल अन्तरले विजयी भएको हो ।आज भएको निर्धारित समयको खेलमा बरटाँडी युवा क्लबका रोशन क्षेत्रीले ४ गोल ,जित मगरले १ गोल गरेका थिए भने न्यु नारायणी युवा क्लबका गौरव पंजियारले गोल गरेका थिए । आजको खेलमा बरटाँडी युवा क्लबका रोशन क्षेत्री म्यान अफ दि म्याच भएका थिए।

नवलपुर जिल्लाका १६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५० हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमले रु २० हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । भोलीको खेल अभिषेक चर्च रजहर र देवचुली रातोबिच हुने खेल संयोजक विष्णुकुमार वाग्लेले जानकारी दिनुभयो ।

Write your Comment