आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

बौदीकालीको खहरे बजारमा सिसिटिभि जडान

    प्रकाशित २०७७ चैत्र २, सोमबार (३ साल अघि)


ज्ञानु पंगेनी, नवलपुर ।
पूर्वी नवलपरासीको विकट पहाडी गाउँपालिका बौदीकाली गाउँपालिकाको बजार क्षेत्रमा पहिलो पटक सिसिटिभी क्यामेरा जडान गरिएको छ ।गाउँपालिकाको वडा नं. २ को मुख्य बजार क्षेत्र खहरे बजारमा तत्कालका लागि दुई वटा सिसिटिभि क्यामेरा जडान गरिएको छ । प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले क्यामेराको उद्घाटन गर्नुभएको छ ।
जिल्लामा शान्ती सुरक्षा कायम राख्नका लागि जिल्ला प्रशाशन र जिल्ला प्रहरी कार्यालयले यस अघि नै सबै स्थानीय तहसंग छलफल गरेर भिडभाड हुने बजार क्षेत्र तथा संवेदनशील क्षेत्रहरुमा सिसिटिभि जडान गर्ने योजना बनाएको थियो । सोहि योजना अनुसार पहाडी क्षेत्रको बजार क्षेत्रमा पहिलो पटक क्यामेरा जडान गरिएको प्रजिअ पंगेनीले बताउनुभयो ।
बौदीकाली गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले गाउँपालिकाको मुकामको रुपमा रहेको खहरे बजारमा तत्काललाई दुई वटा क्यामेरा जडान गरिएको र अन्य बजार तथा मठमन्दिर र पर्यटकीय क्षेत्रहरु गरेर छिट्टै १६ वटा क्यामेरा जडान गर्ने योजना गाउँपालिकाले बनाएको बताउनुभयो । स्थानीय शान्ती व्यवस्थाका लागि प्रहरी प्रशाशनको काममा सहयोग होस् भन्ने उदेश्यले गाउँपालिकाले सिसिटिभि जडान कार्य सुरु गरेको उहाँले बताउनुभयो ।
राजमार्ग आसपासका स्थानीय तहका केहि बजार क्षेत्रमा क्यामेरा जडान गरिएको भए पनि अन्य स्थानीय तहमा क्यामेरा जडान हुन सकेको छैन् । त्यस्तै राजमार्गका जंगल क्षेत्रमा समेत क्यामेरा जडान गर्ने योजना बनाईएको भए पनि अहिले सडक विस्तारका कारण हुन नसकेको प्रजिअ पंगेनीले बताउनुभयो । प्रहरी र प्रशाशनले जिल्लाको शान्ती सुरक्षा कायम राख्न सबै स्थानीय तहसंग सिसिटिभि जडानका विषयमा छलफल गरि योजना बनाएको र काम पनि क्रमशः गर्दै जाने पंगेनीले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहन वहादुर थापा , जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्ल लगायतको सहभागिता रहेको थियो ।

Write your Comment