आज:  २०८२ अषाढ १२, बिहिबार | Thu, 26, Jun, 2025 Search
FLASH NEWS

देवचुली नगरपालिकामा स्थानीय पाठ्यक्रम ( हाम्रो देवचुली ) प्रवोधिकरण कार्यक्रम सुरु

    प्रकाशित २०८२ अषाढ १२, बिहिबार (४ घण्टा अघि)


देवचुली । देवचुली नगरपालिकामा स्थानीय पाठ्यक्रम ( हाम्रो देवचुली ) प्रवोधिकरण कार्यक्रम सुरु गरिएको छ । देवचुली नगरपालिकाको आयोजनामा आजदेखि तीन दिनसम्म स्थानीय पाठ्यक्रम प्रवोधिकरण कार्यक्रम गरिएको हो ।

देवचुली नगरपालिकामा यश शैक्षिक सत्रबाट सुरु गरिएको स्थानीय पाठ्यक्रमका बारेमा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका फोकल शिक्षकहरुलाई सहजीकरण गर्नका लागि कार्यक्रम आयोजना गरिएको देवचुली नगरपालिका शिक्षा शाखाका प्रमुख रामप्रसाद शर्माले जानकारी दिनुभयो । आधारभूत तहसम्म अध्यापन गराइने स्थानीय पाठयक्रम यस वर्ष शिक्षकहरुलाई पाठयक्रम उपलब्ध गराइने र आगामी शैक्षिक सत्रमा पाठयपुस्तक निर्माण गरि विद्यार्थी उपलब्ध गराउने उहाँले बताउनुभयो ।

देवचुली नगरपालिका शिक्षा शाखाका प्रमुख रामप्रसाद शर्माको अध्यक्षतामा भएको स्थानीय पाठ्यक्रम प्रवोधिकरण कार्यक्रमको उदघाटन सत्रमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि नगर शिक्षा समितिका सदस्य शिवप्रसाद देवकोटा, सन्तबहादुर क्षेत्री, स्थानीय पाठयक्रम निर्माण कार्यदलका सदस्य अग्नि भुसाल, होमनाथ न्यौपाने, जन ज्योति नमुना माविका प्रधानाध्यापक श्रीधर ज्ञवाली, संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको उदघाटन सत्रमा बोल्दै नगर प्रमुख न्यौपानेले देवचुली नगरपालिका शिक्षा, खेलकुदका क्षेत्रमा प्रदेशकै उत्कृष्ट भएको दावी गर्दै स्थानीय पाठ्यक्रम पनि प्रदेशकै उत्कृष्ट हुने गरि निर्माण गर्नुपर्ने बताउनुभयो । तीन दिनसम्म स्थानीय पाठयक्रम निर्माण कार्यदलले तयार गरेको विषयवस्तुमा छलफल गरि नगरभित्रका मुख्य विषयवस्तु नछुट्ने गरि पाठयपुस्तकमा समेटन सकिने उहाँले बताउनुभयो । विद्यार्थीहरुलाई नैतिकवान बनाउन र देवचुलीका मुख्य पर्यटकीय, प्राकृतिक र सांस्कृतिक सम्पदाको बारेमा जानकारी गराउन स्थानीय पाठयक्रमले समेटनुपर्ने विषयहरु नछुट्याई शैक्षिक क्रियाकलापमा लाग्नका लागि सबै शिक्षकहरुलाई उहाँले आग्रह गर्नुभएको थियो।

तीनसम्म संचालन हुने कार्यक्रममा स्थानीय पाठयक्रम निर्माण कार्यदलका सदस्यहरु शिवप्रसाद देवकोटा, अग्निधर भुसाल र होमनाथ न्यौपानेले सहजीकरण गर्नुहुनेछ । पहिलो दिन स्थानीय पाठयक्रम निर्माण कार्यदलका सदस्य शिवप्रसाद देवकोटा र अग्नि भुसालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा आफुहरुले निर्माण गरेको स्थानीय पाठ्यक्रमलाई सुधार गर्न सहज बनाउन र सम्पुर्ण विद्यालयका शिक्षकहरुलाई सम्बन्धि विषयवस्तुमा बारेमा जानकारी गराउन कार्यक्रम गरिएको हो । कार्यक्रमको उदघाटन सत्रमा देवचुली नगरपालिकाका शिक्षा अधिकृत नन्दलाल ढकालले सहजीकरण गर्नुभएको थियो ।

Write your Comment