आज:  २०८२ अषाढ २८, शनिबार | Sat, 12, Jul, 2025 Search
FLASH NEWS

देवचुलीमा विज्ञान विषय शिक्षकहरुका लागि कार्यशाला सुरु

    प्रकाशित २०८२ अषाढ १, आईतबार (३ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकामा सामुदायिक विद्यालयका विज्ञान शिक्षकहरुका लागि कार्यशाला सुरु भएको छ । देवचुली नगरपालिकाको आयोजना तथा ईम्बक्स देवचुलीको समन्वयमा दुई दिनको कार्यशाला आइतबारबाट संचालन गरिएको हो ।

देवचुलीमा अन्य विषयको तुलनामा विज्ञान विषयमा समस्या रहेको र दुई दिनसम्म संचालन हुने कार्यशालाले विज्ञान विषय अध्यापन गराउँदा आएका समस्याहरु समेत आपसमा छलफल गरि समाधान गर्न सहयोग पुर्‍याउने देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माले बताउनुभयो । देवचुली नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा विज्ञान विषय शिक्षकहरुलाई कार्यशाला राखिएको र विज्ञान विषयमा भएका कठिनाइहरुलाई स्वयम् लेखकसँग छलफल गर्दा शिक्षकहरुलाई कक्षाकोठा सहज हुने उहाँले बताउनुभयो ।

कार्याशाला उदघाटन सत्रमा बोल्दै ईम्बक्स नवलपुरका अध्यक्ष शिवप्रसाद देवकोटाले कार्यशालाले शिक्षकहरुलाई सिकाई उपलब्धि हासिल गर्न सहज बनाउन उपयोगी हुने बताउनुभयो । आफुले लागेका र समस्या भएका विषयमा स्वयम् लेखकसँग छलफल गर्न सकिने उहाँले बताउनुभयो । कार्यशालालाई विज्ञान विषयका लेखक चिन्तामणी पन्थीले शिक्षकहरुलाई प्रशिक्षण सुरु गर्नुभएको थियो । देवचुलीका ५० जना भन्दा बढी शिक्षकहरुलाई सहजीकरण गर्दै पन्थीले विज्ञान विषयलाई सहज र सरल रुपमा विद्यार्थीलाई सिकाउँदा सिकाई उपलब्धि हासिल गर्न सकिने बताउनुभयो ।

देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा ईम्बक्स नवलपुरका अध्यक्ष शिवप्रसाद देवकोटा, विज्ञान शिक्षक समाजका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, नोभा पब्लिकेसन्स, संगम पब्लिकेसन्सका प्रतिनिधि लगायत विभिन्न शैक्षिक व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रम उदघाटन सत्रमा जन ज्योती माध्यमिक विद्यालयका प्रधानाध्यापक मीनबहादुर दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो भने देवचुली नगरपालिकाका शिक्षा शाखाका अधिकृत नन्दलाल ढकालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

Write your Comment