आज:  २०८२ अषाढ १२, बिहिबार | Thu, 26, Jun, 2025 Search
FLASH NEWS

कावासोती १२ मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    प्रकाशित २०८२ जेष्ठ २४, शनिबार (२ हफ्ता अघि)


कावासोती । कावासोती नगरपालिका वडा नम्बर १२ मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कावासोती १२ वडा कार्यालयको आयोजना पिठौली स्वास्थ्य चौकीको समन्वय साथै देवचुली खबर र मिड नेपाल हस्पिटलको सहकार्यमा शनिबार पिठौली स्वास्थ्य चौकीमा नि:शुल्क स्वास्थ्य शिविर गरिएको हो ।

वडाको आर्थिक वर्ष २०८१/०८२ को वडा स्तरीय योजना अन्तरगत वडाबासीको स्वास्थ्य परीक्षण गर्नका लागि शिविरको आयोजना गरिएको कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो । वडाबासीहरुलाई ठुलो अस्पतालहरु जान दुरीको हिसाबले टाढा र वडामा सीमान्तकृत समुदायको बाहुल्यता रहेकाले विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य चौकीमा नै शिविर राखिएको उहाँले बताउनुभयो । वडाले यस वर्ष ५ वटा नि: शुल्क स्वास्थ्य शिविर गरिएको साथै आगामी वर्षमा समेत विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा शिविर संचालन गर्ने उहाँले बताउनुभयो । ` वडा कार्यालयले वडाबासीहरुको स्वास्थ्यलाई प्राथमिकता राखेर काम गरिरहेका छौं´ वडा अध्यक्ष खनालले भन्नुभयो ।

शनिबार भएको स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञ डा. शिल्पा पन्त र डा. कमल न्यौपानेद्वारा बिरामीको परीक्षण गरिएको हो । शिविरमा १०० भन्दा बढीले स्वास्थ्य सेवा र ४३ जनाले नि:शुल्क भिडियो एक्सरे सेवा लिएका छन् । कावासोती १२ का वडाबासीलाई आयोजना गरिएको शिविरमा पिठौली स्वास्थ्य चौकीमा उपलब्ध हुने ल्याब सेवा परीक्षण निशुल्क गरिएको आयोजकले जनाएको छ ।

Write your Comment