आज:  २०८१ कार्तिक २५, आईतबार | Sun, 10, Nov, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकामा बजार अनुगमन

    प्रकाशित २०८१ कार्तिक १२, सोमबार (१ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकाले नगरभित्रका बजार अनुगमन गरेको छ । तिहारमा प्लाष्टिकजन्य फूलका माला विक्री वितरणमा रोक लगाएको देवचुली नगरपालिकाले बजारमा प्लास्टिक फूल माला बिक्री गरे/नगरेको अनुगमन गरिएको हो । बजारमा प्लाष्टिकको फूलको बिक्री वितरण नगराउन लागि पूजा सामाग्री बिक्री गर्ने पसल र फूल बिक्री गर्ने पसलहरुको अनुगमन गरिएको हो ।

देवचुली नगर उपप्रमुख पार्वता तिवारीले स्थानीय किसानहरूले उत्पादन गरेका सयपत्री फूलहरु देवचुलीमा पर्याप्त भएकाले प्लाष्टिकबाट बनेका फूलहरु बिक्रीवितरण नगराउन पसलेहरुलाई सचेत गराउन बजार अनुगमन गरिएको बताउनुभयो । बजार अनुगमनका क्रममा प्रायजसो पसलमा प्लाष्टिकका फूल/ माला बिक्रीका लागि नराखिएको र केही पसलहरुमा गतवर्ष खरिद गरि रहेका फूल माला बिक्री गर्न राखेको पाईएको उहाँले बताउनुभयो । पहिलो चोटिलाई पसलहरुलाई सचेत गराइएको र पुनः बिक्री गरेको पाइएमा नगरपालिकाले जफत गर्ने उहाँले बताउनुभयो ।

प्रगतिनगर, धारापानी, दलदले, केउरानी, रजहर र फारामका बजारमा गरिएको अनुगमनमा केही पसलमा बाहेक प्लाष्टिकजन्य फूल/ माला बिक्रीमा नराखेको पाइएको देवचुली नगरपालिका आर्थिक विकास शाखा प्रमुख शिव सापकोटाले जानकारी दिनुभयो । केही पसलमा पुरानो प्लाष्टिकको माला राखेको पाइएको र  एक पटकका लागि सचेत गराइएको समेत उहाँले बताउनुभयो ।

देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी, नगरपालिकाका कर्मचारीहरु, देवचुली उद्योग वाणिज्य संघका प्रतिनिधि , अस्थायी प्रहरी कार्यालय दलदलेका प्रहरीहरु, नगर प्रहरी, पत्रकारलगायतको उपस्थितिमा बजार अनुगमन गरिएको हो ।

Write your Comment