आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

१०० रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय

    प्रकाशित २०८१ बैशाख २१, शुक्रबार (२ महिना अघि)


काठमाडौं । सरकारले एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले हाल चलन चल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटमा रहेको पुरानो नक्साको सट्टा नेपालको नयाँ नक्सा राखेर छाप्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार एक सय रुपैयाँको नयाँ नोटको डिजाइन परिमार्जन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । एक सय रुपैयाँको नोटमा यसअघि नेपालको पुरानो नक्सा थियो ।

Write your Comment