आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024 Search
FLASH NEWS

गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा नवलपुर विजयी

    प्रकाशित २०८१ बैशाख १२, बुधबार (१ हफ्ता अघि)


नवलपुर । गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा नवलपुर विजयी भएको छ। गाेरखाकाे बारपाकमा भएको जारी प्रतियोगितामा स्याङ्जालाई ३-२ काे सेटले पराजित गर्दै नवलपुर विजयी भएको जिल्ला खेलकुद विकास समित नवलपुरका अध्यक्ष सेत बहादुर पुनले बताउनुभयो ।

गण्डकी प्रदेश खेलकुद परिषदकाे आयाेजना तथा गाेरखाकाे संयाेजनमा प्रतियोगिता भएको हाे। प्रतियोगितामा विजयी हुदै शिल्ड सहित नवलपुरले नगद एक लाख पुरस्कार प्राप्त गरेको छ।

यसै गरि उत्कृष्ठ खेलाडी नवलपुरका हिमाल सुनारी, उत्कृष्ठ ब्लकरमा सरोज बर्देवा नवलपुर, उत्कृष्ट सेटरमा धिरज प्रताप गाहा नवलपुर, उत्कृष्ठ कोचमा नवलपुरका रामनारायण महतो भएकाछन् । उत्कृष्ठ हुनेलाई नगद ट्रफि सहित सम्मान पुरस्कृत गरिएको जिल्ला अध्यक्ष पुनले बताउनुभयो ।

Write your Comment