आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024 Search
FLASH NEWS

यति ब्रुअरीकाे छक्का चाैका बजारमा

    प्रकाशित २०८१ बैशाख १०, सोमबार (१ हफ्ता अघि)


डि आर क्षेत्री, देवचुली । यति ब्रुअरी लिमिटेडद्वारा अर्ना छक्का चाैका (६.४) बजारमा लन्च गरेकाे छ । नेपाली बजारमा उत्कृष्ट उत्पादन रहेकाे अर्ना ब्रान्डले पछिल्लाे समयमा नेपाली क्रिकेटमा लगानी गरिरहदा युवा पुस्तामाझ अझ बढि लाेेकप्रिय बन्दै गएकाे छ ।

बजारमा खेलसंँग जाेडेर निकालिएकाे यस ब्रान्डले क्रिकेटका पारखीहरुकाे मन जित्ने विश्वास लिइएको छ । छ दशमलव चार प्रतिशत अल्काेहल रहेकाे यस ब्रान्ड सिमित उत्पादन रहेकाे र विशेषगरी नेपालले अब खेल्ने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियाेगितासँग जाेडेर ल्याएकाे छ ।

नेपालमा पछिल्लो समय बजारमा चलेकाे ३३० मि लि ( पुन्टे ) र ६५० मिलिकाे ठुलाे गरि दुई वटा साईजमा बजारमा ल्याएकाे छ , जसकाे अधिकतम खुद्रा बिक्री मूल्य १७० र ३३० रुपैयाँ कायम गरेकाे छ ।

क्रिकेट खेलमा सर्वाधिक प्रयाेग हुने छक्का चाैका शब्दकाे प्रयाेग गर्दा नेपाली क्रिकेटका समर्थकहरुले यस ब्रान्ड मन पराउनुका साथै व्यापारिक हिसाबले सफल हुने अनुमान गरिएको छ ।

Write your Comment