आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024 Search
FLASH NEWS

च्याउ टिप्न गएका ३ बालक डढेलोमा परेर गम्भीर घाइते

    प्रकाशित २०८० चैत्र २९, बिहिबार (२ हफ्ता अघि)


नवलपुर । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वार्ड न.४ स्थित मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलोमा परेर तीन जना बालक गम्भीर घाइते भएका छन् ।

दिउँसो घर नजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न गएका तीन बालकहरु घाइते भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । उनका अनुसार,  उनीहरु च्याउ टिप्ने क्रममा डढेलोमा परेका थिए ।

गम्भीर घाइते उनीहरुलाई जिल्ला अस्पताल, दुनै ल्याइएको थियो । दुनैमा थप उपचार सम्भव नहुने भएपनि हेलिकोप्टरमार्फत उद्दार गरेर नेपालगञ्ज ल्याउने प्रयास भइरहेको छ । तर, मौसमका कारण हेलिकोप्टर अवतरण गर्न समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

यस सामुदायिक वनमा केही दिन देखी ढढेलो लागिरहेको र निभाउने प्रयास जारी रहेको पनि प्रजिअले जानकारी दिएका छन ।

Write your Comment