आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

एमाले नवलपुरको नवौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक

    प्रकाशित २०८० चैत्र ११, आईतबार (१ महिना अघि)


कावासाेती । नेकपा (एमाले) नवलपुरको ९ औ जिल्ला अधिवेशनको लोगो आज सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरीएको लोगोमा नवलपुर जिल्लाको उच्च पहाड देवचुली डाँडाको शिखरमा नेपालको राष्ट्रिय झण्डा अंकित रहेको छ भने जिल्लाको दक्षिण तर्फ नारायणी नदी सहित दुर्लभ एकसिङ्गे गैडा दर्शाइएको छ ।

लोगोमा नवलपुर जिल्लाको नक्सालाई समेत समावेश गरीएको छ । त्यस्तै लोगोमा नवलपुरको समृद्धीका लागी नेकपा एमालेको नेतृत्व झल्काउन अग्रभागमा कम्युनिष्ट पार्टीको झण्डा र देवचुली डाडाबाट सुर्य चुनाव चिन्ह उदाउदो अवस्थामा देखाईएको छ । आज सार्वजनिक गरीएको लोगोले समृद्ध नवलपुर निर्माणका लागी नेकपा एमालेको नेतृत्व आवश्यक रहेको आसय प्रकट गरीएको नवलपुर जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले बताउनु भयो । साथै लोगोले नवलपुरको भौगोलीक र पर्यटकिय अवस्था समेत झल्काईएको उहाँले बताउनु भयो ।

आजै बसेको नेकपा एमाले नवलपुरको अधिवेशन प्रचार प्रसार समितिको बैठकले जिल्ला अधिवेशनलाई वडा कमिटि सम्म प्रभावकारी रुपमा पुर्‍याउन प्रचार प्रसारलाई तिव्रता दिने, प्रेस चौतारी र प्रचार तथा प्रसार विभागलाई चलायमान बनाउँदै नवौं जिल्ला अधिवेशनलाई ऐतिहासिक रुपमा सफल बनाउन प्रचारात्मक रुपमा अघि बढाउने निर्णय गरेको प्रचार प्रसार समिति समिति सह संयोजक बुद्धिसागर पोख्रेल(सागर)ले जानकारी दिनुभयो । लोगो सार्वजनिक कार्यक्रम प्रदेश कमिटी गण्डकीका सदस्य विद्रोही गिरीले राष्ट्रियताकाे रक्षा र विकासकाे अगुवाइ पार्टी भएकाले एमालेकाे अधिवेशनलाइ सबैले चासाे पूर्वक हेरेकाे धारणा राख्नुभयाे । अर्का सदस्य टंकमणी शर्माले पनि साे अवसरमा आफ्ना धारणा राख्नुभएकाे थियाे । प्रचारप्रसार समिति संयोजक होमनाथ जैसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेकपा एमाले नवलपुरको अधिवेशनका लागि चैत्र १६ गते जनसंगठन र अन्य क्षेत्रको प्रतिनिधि साथै चैत्र १७ गते भुगोल तर्फको प्रतिनिधि छनौटको मिति समेत तय गरिएको छ ।

Write your Comment