आज:  २०८२ अषाढ २९, आईतबार | Sun, 13, Jul, 2025 Search
FLASH NEWS

थोरै लगानीमा सुरु गर्न सकिने यी सात व्यापार

    प्रकाशित २०८० चैत्र ७, बुधबार (१ साल अघि)


देशको अवस्था र बड्दो महङीको चपेटामा परेका युवाहरुमा कतिपय सीप र राम्रा योजना हुँदाहुँदै पनि पर्याप्त पुँजी नभएर व्यवसाय सुरु गर्न सकिरहेका हुँदैनन्। हामीले १ लाख लगानीमा पनि थुप्रै किसिमका व्यापार–व्यवसाय गर्न सक्छौ । उपर्युक्त योजना, समर्पण र प्रतिबद्धताका साथ काम गर्ने हो भने तल उल्लेखित सात ब्यवसायबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ ।

“कुनै पनि ठूला व्यवसाय सानोबाट सुरु हुन्छ” भन्ने भनाई विभिन्न क्षेत्रका करिब ४ सय कम्पनीलाई नियन्त्रण गर्ने भर्जिन ग्रुपका संस्थापक बेलायती उद्योगपति सर रिचर्ड ब्रान्सनको हो । उनका अनुसार कतिपय समयमा दुःख गरेर जुटाएको ठुलो लगानी डुब्न पनि सक्छ। त्यसैले सुरुमै ठुलो लगानीमा लागिहाल्नुभन्दा पहिला सानो लगानीमा सुरु गर्न सकिने व्यवसायहरूको बारेमा पनि सोच्नु राम्रो हुन्छ।

थोरै लगानीमा सुरु गर्न सकिने सात व्यवसायहरुः

१. मैनबत्ती

हामीले सामान्यतया लोडसेडिङ हुँदा मैनबत्ती प्रयोग गर्ने गरेका थियौं। तर अरुबेला पनि यसको माग उत्तिकै हुने गर्छ। बजारमा वास्नादार र र उपचारात्मक मैनबत्तीहरूको राम्रो बिक्री हुने गरेको छ। विभिन्न होटेल तथा रेस्टुरेन्टमा क्यान्डल लाइट डिनरका लागि मैनबत्ती नभई हुँदैन। धार्मिक कार्यहरूमा र सजावटका लागि पनि यसको निकै खपत हुन्छ। चाडपर्वहरू विशेषगरी तिहारमा अझ धेरै बिक्छ। यसलाई बनाउन धेरै लगानी लाग्दैन। मैन, धागो, मैनबत्तीलाई आकार दिने रबर, सिलिकन, अलुमिनियम आदिबाट बनेका भाडाहरू, सुगन्धित तेल, मैन पगाल्नका लागि ओभन, थर्मो्मिटर आदि सामाग्रीहरू किनेर यो व्यवसाय २०००० देखि ३०००० को लागतमा सुरु गर्न सकिन्छ।

२. बेकरीको व्यापार

तपाईं करिब डेढ लाखको लागतमै बेकरीको विजिनेश सुरु गर्न सक्नुहुन्छ । थप लगानीका लागि केही लाख रुपैयाँ सरकारको सहुलियत दरको स्कीमबाट ऋण लिन सक्नुहुन्छ । युवा व्यवसायीहरुलाई सहुलियत दरमा ऋण लिएर व्यवसायिकता बढाउने सरकारको नीति नै छ । यो लगानीबाट देशको कुनै पनि सहरमा तपाईंले बेकरी आइटम उत्पादन गर्ने उद्योग संचालन गर्न सक्नुहुन्छ । यो व्यवसायमा तपाईंले सबै खर्च कटाएर वार्षिक करिब ६ लाख रुपैयाँ नाफा कमाउन सक्नुहुन्छ, यो हिसाबले तपाईको मासिक कमाई ५० हजाार रुपैयाँ हुन आउँछ ।

३. रेडिमेड गार्मेन्टको व्यापार

हिजोआज रेडिमेड गार्मेन्टको विजिनेशमा निकै ठूलो स्कोप छ । यदि तपाईसँग १ लाख रुपैयाँ मात्र छ भने बाँकी पैसा सरकारले प्रदान गर्ने सहुलियत दरबाट ऋण लिएर यो व्यापार संचालन गर्न सक्नुहुन्छ । करिब ३ लाख जति भयो भने यसबाट तपाईले ६ वटा मेसिन, छ वटा मोटर र त्यति नै संख्यामा ओभरलक मेसिन खरीद गर्न सक्नुहुन्छ । यस बाहेक वर्र्किङ टेबल, कटिङ टेबल, फाइबर स्टूल, स्टील आलमारी, स्टील र्याक, आइरन बक्स लगायतका सामान खरीद गर्दा तपाईको करिब १ लाख रुपैयाँ खर्च हुन्छ । यो विजिनेश पूरा ढंगले संचालन भएपछि तपाईंलाई वार्षिक करिब ९ लाख रुपैयाँसम्म नाफा हुन्छ । यो हिसाबले तपाईंको मासिक करिब ८८ हजारसम्म कमाई हुन्छ ।

४.अचार

खानामा स्वाद थपिदिने अचारलाई प्रायस् सबैले मन पराउँछन्। विभिन्न फलफूल तथा तरकारीको अचारका बट्टाहरू पसल पसलमा भेटिन्छन्। तपाईँ आफैँले पनि बजारबाट अचार किनेर ल्याउनुभएको छ होला। सामान्यतया घरका सदस्यका लागि बनाइने अचार व्यावसायिक रूपमा बनाएर बेच्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ। यसलाई सुरुवात गर्न धेरै खर्च पनि लाग्दैन। अचार तयार गर्ने र प्याक गर्ने सामाग्री किनेर २० देखि २५ हजारको लागतमा घरबाटै सुरु गर्न सकिन्छ। ग्राहक बढ्दै गएपछि उत्पादन पनि बढाउन सकिन्छ।

५. बेकरीको व्यापार

तपाईं करिब डेढ लाखको लागतमै बेकरीको विजिनेश सुरु गर्न सक्नुहुन्छ । थप लगानीका लागि केही लाख रुपैयाँ सरकारको सहुलियत दरको स्कीमबाट ऋण लिन सक्नुहुन्छ । युवा व्यवसायीहरुलाई सहुलियत दरमा ऋण लिएर व्यवसायिकता बढाउने सरकारको नीति नै छ । यो लगानीबाट देशको कुनै पनि सहरमा तपाईंले बेकरी आइटम उत्पादन गर्ने उद्योग संचालन गर्न सक्नुहुन्छ । यो व्यवसायमा तपाईंले सबै खर्च कटाएर वार्षिक करिब ६ लाख रुपैयाँ नाफा कमाउन सक्नुहुन्छ, यो हिसाबले तपाईको मासिक कमाई ५० हजाार रुपैयाँ हुन आउँछ ।

६. कागज–कपी

स्कुल, कलेज, अफिस लगायत अन्य थुप्रै ठाउँमा कागजको प्रयोग धेरै मात्रामा हुने गर्छ। दुनियाँ डिजिटल समयमा प्रवेश गरे पनि कागजको माग कम भएको भने देखिँदैन। त्यसैले बजारमा यसको राम्रो सम्भावना छ। कागज फ्याक्ट्री सुरु गर्दा पनि मेसिनमा नै खर्च लाग्ने हो। मेसिनपछि काठ र कागज बनाउन प्रयोग हुने अरू रसायनहरू किनेर बनाउन सकिन्छ। त्यस्तै स्कुल र कलेजका लागि कपीको विशेष माग हुन्छ। राम्रोसँग मार्केटिङ गर्ने हो भने कपी बिक्दैन कि भनेर चिन्ता लिनुपर्दैन। अझ कागज आफैले उत्पादन गर्ने भएपछि त कपी बनाउन पनि थप सजिलो हुन्छ। अर्डर अनुसार यसरी कागज र कपी बनाएर बेचेमा राम्रो आम्दानी गर्न सकिन्छ। यो व्यवसाय गर्न साढे २ देखि ५ लाख सम्म लगानी लाग्छ।

७. सेनेटरी न्यापकिनको विजिनेश

करिब २ लाख रुपैयाँकै लागतमा तपाईंले सेनेटरी न्यापकिनको विजिनेश सुरु गर्न सक्नुहुन्छ । अध्ययनका अनुसार यदि तपाईं दैनिक १४४० सेनेटरी न्यापकिन तयार गर्नुहुन्छ र एक प्याकेटमा ८ वटा न्यापकिन राख्नुहुन्छ भने तपाईं एकवर्षमा ५४ हजार प्याकेट तयार गर्न सक्नुहुन्छ । यदि तपाईं एक प्याकेटको मूल्य ३० रुपैयाँ राख्नुहुन्छ भने तपाईंले एकवर्षभरिमा १६ लाख २० हजार रुपैयाँ बराबरको सेनेटरी न्यापकिन बिक्री गर्न सक्नुहुन्छ । यति बिक्रीमा सबै खर्च कटाएर तपाईंलाई न्यूनतम पनि ७ लाख रुपैयाँ नाफा हुन्छ । यो हिसाबले तपाईंको मासिक कमाई करिब ६० हजार रुपैयाँ हुन आउँछ ।

Write your Comment