आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

बाग्लुङमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु

    प्रकाशित २०८० चैत्र ५, सोमबार (१ महिना अघि)


बागलुङ । सोमबार साँझ बागलुङको निसीखोलामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । घाइते हुनेको संख्या २४ रहेको छ । मृत्यु हुनेमा चार जना पुरुष र चार जना महिला रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकले जानकारी दिनुभयो ।

मृत्यु हुनेको सनाखत नभएको उहाँको भनाइ छ । सात जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको विकले बताउनुभयो । घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

त्यस मध्ये चार जनालाई पोखरा रेफर गर्न थालिएको उहाँको भनाइ छ । रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस आज साझ ५ बजे बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो

Write your Comment