आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नवलपुरका दूग्ध उत्पादक किसानद्धारा दुध पोखेर विरोध

    प्रकाशित २०८० फागुन १७, बिहिबार (४ महिना अघि)


ज्ञानु पंगेनी, नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरका दूग्ध उत्पादक किसानले दुध पोखेर विरोध जनाउँदै पूर्वपश्चिम राजमार्ग अबरुद्ध पारेका छन् । किसानले दुधको भुक्तानी माग गर्दै कावासोती स्थित जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गर्दै १० बजेदेखि ११ बजेसम्म एक घण्टा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

दुधको भुक्तानी नपाएको र सरकार मुकदर्शक भएर बसेको भन्दै उनिहरुले सरकारको बिरोधमा नाराबाजी समेत गरे । मिल्क होलि डे बन्द हुनपर्ने र किसानको उत्पादन दुधको मुल्य र बिक्रिको जिम्मा सरकारले लिन पर्ने माग समेत गरेका छन् ।

नवलपुरमा दैनिक करिब ५० हजार लिटर दुध बिक्रि हुदै आएको छ । दुग्ध उत्पादक किसानले स्थानिय सहकारी मार्फत बिक्रि गरेको दुधको भुक्तानी नपाएका कारण आन्दोलन गर्न परेको जिल्ला दुग्ध उत्पादक सहकारी संघ नवलपुरका अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो । नवलपुर जिल्लामा हाल २४ वटा दुग्ध सहकारीबाट दूध बिक्री हुँदै आएको छ । जसमा १२ हजार भन्दा धेरै कृषक आवद्ध रहेका छन् ।

सहकारीले काठमाडौंका दुध डेरीलाई दिएको दुधको भुक्तानी नपाएका कारण किसान मारमा परेका हुन् ।

Write your Comment