आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024 Search
FLASH NEWS

राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गण्डकीलाई

    प्रकाशित २०८० फागुन ९, बुधबार (२ महिना अघि)


नवलपुर । नवलपुरमा संचालित छैटौँ राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । जिल्लाको मध्यविन्दु नगरपालिका-२ स्थित राईनो रङ्गशालामा भएको प्रतियोगितामा नवलपुरको अठ्ठाइस बिघा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि गण्डकी प्रदेशले जितेको हो।

बुधबार भएको फाइनल खेलमा पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको खेल सुरु भए लगतै खेलको ४७ औँ मिनेटमा गण्डकी प्रदेशका जर्सी नम्बर ६ का खेलाडी मुकुन्द न्यूरेले पहिलो गोल गरि आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ५५ औँ मिनेटमा गण्डकीका खेलाडी मुकुन्द न्यूरेले पुनः गोल गर्दे आफ्नो टिमको अग्रता दोब्बर बनाएका थिए । अठ्ठाइस बिघा क्लबका जर्सी नम्बर दुईका खेलाडी एन्जल महर्जनले आफ्नो टिमका लागि खेलको ७० औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि कुनै गोल हुन नसकेपछि गण्डकीले जित निकालेको हो ।

जितसँगै गण्डकी प्रदेशले उपाधि सहित रु. ८ लाख पुरस्कार प्राप्त गरको गरेको छ । उप विजेता बनेको अठ्ठाइस बिघा क्लबले रु. ४ लाख पुरस्कार प्राप्त गरेको छ । गैँडा संरक्षणको सन्देश दिने उद्देश्यले बीस वर्ष अघिदेखि राईनो संरक्षण गोल्ड कप प्रतियोगिता हुँदै आएको छ । छैटौँ संस्करणको प्रतियोगितामा नेपाल आर्मी , सशस्त्र प्रहरी र नेपाल प्रहरीको टिम , लुम्बिनी , बागमती र गण्डकी प्रदेश , मछिन्द्र , संकटा लगायत १२ वटा टिम सहभागी रहेका थिए ।

Write your Comment