आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024 Search
FLASH NEWS

पुस ७ गतेदेखि नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने

    प्रकाशित २०८० पौष १, आईतबार (४ महिना अघि)


चितवन।नारायणगढ मुग्लिन सडक खण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टाका लागि बन्द हुने भएको छ।सडक खण्ड अन्तर्गतको तुइन खोलामा पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि ३ हप्तासम्म हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दराईले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरूको बैठकले तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने निर्णय गरेको हो।यसअघि गत वर्षको पुसमा पनि सो क्षेत्रमा बन्द गरेर भत्ता काट्ने काम गरिएको थियो।

Write your Comment