आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

कसैले भन्दैमा राजतन्त्र फर्किनेवाला छैन : देउवा

    प्रकाशित २०८० मंसिर ११, सोमबार (५ महिना अघि)


नवलपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले कसैले भन्दैमा राजतन्त्र नफर्किने बताउनु भएको छ । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति देउवाले कसैले भन्दैमा राजतन्त्र नआउने बताउनुभयो ।

कार्यक्रममा बोल्दै सभापति देउवाले संविधान सभाले राजा हटाउने निर्णय गरिसकेकाले राजतन्त्र अब नफर्किने बताउनुभयो । ‘पूर्व राजा राजाको रुपमा फर्किने कुरा छैन, संविधान सभाले राजा हटाउने निर्णय गरिसकेको छ, कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन’ सभापति देउवाले भन्नुभयो ।

कार्यक्रममा बोल्दै सभापति देउवाले अन्य विषयमा छलफल गर्न सकिएपनि राजतन्त्र फर्काउने विषयमा कुनै कुरा नहुने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै मिलेर लाग्नुपर्ने समेत बताउनुभयो ।रासस

Write your Comment