आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

रास्वपाले थाल्यो देवचुलीमा घरदैलो अभियान

    प्रकाशित २०८० मंसिर ३, आईतबार (६ महिना अघि)


देवचुली।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देवचुलीले शनिबारदेखि घरदैलो अभियान थालेको छ ।रास्वपाद्वारा मंसिर २,३ र ४ गते देवचुली सहित नवलपुर १ निर्वाचन क्षेत्रभित्र विभिन्न सांगठनिक तह रहेका पदाधिकारीहरु , सदस्यहरु सहित जनताका आवाज सुन्न घरदैलो कार्यक्रम गरिएको निर्वाचन क्षेत्र न.१ क्षेत्रीय सदस्य रामप्रसाद भुर्तेलले जानकारी दिए ।

रास्वपा गण्डकी प्रदेशका सभापति राजन गौतमका अनुसार निर्वाचन भएको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि तीनदिने घरदैलो अभियान सञ्चालन गरिएको हो ।‘जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’, नारासहित रास्वपाले घरदैलो अभियान सुरु गरेको हो ।“चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नुपर्छ भन्ने मान्यताअनुरुप हामी घरदैलो कार्यक्रम गरेका हौं ”,गौतमले भने ।यही मङ्सिर ४ गते निर्वाचन भएको एक वर्ष पूरा हुँदैछ ।

रास्वपाको घरदैलो अभियानमा नवलपुर क्षेत्र नम्बर १ मा देखेका ३ वटा मुख्य समस्याहरुलाई प्राथमिकताका आधारमा सुनाउन आग्रह गरेका छन्।अभियानमा रास्वपाको १ वर्षको अवधिमा भएका गल्ती, कमि कमजोरीहरु औल्याउँदै पार्टीलाई आवश्यक सुझाव दिन समेत आग्रह गरिएको छ।

Write your Comment