आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

जाजरकोट भूकम्प अपडेट : उपमेयरसहित ५५ जनाको मृत्यु

    प्रकाशित २०८० कार्तिक १८, शनिबार (५ महिना अघि)


नवलपुर।जाजरकोट भूकम्पमा मानवीय तथा भौतिक क्षति भएको छ। उद्धार र राहतका लागिमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ।

सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्यकर्मी र औषधि पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।

भूकम्पमा परी अहिलेसम्म ५५ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेकाे छ । रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रूकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ । त्यस्तै, जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ । त्यसैगरी भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिए ।

Write your Comment