आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024 Search
FLASH NEWS

डिजेल र मट्टीतलेको मूल्य घट्यो

    प्रकाशित २०८० कार्तिक १४, मंगलबार (६ महिना अघि)


काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतलेको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो ।अब डिजेल र मट्टीतललाई काठमाडौं, पोखरा र दिपायलमा १६४ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा प्रतिलिटर १६३ रुपैयाँ पर्ने छ । यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १६२ रुपैयाँ पर्नेछ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर १.५१ रुपैयाँ बढेर तथा डिजेलको मूल्य प्रतिलिटर ३.६३ रुपैयाँले घटेर आएको छ । यस्तै, एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर ९३ रुपैयाँ बढेर आएको छ । तर, उपभोक्ताको हितलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनबमोजिम डिजेल र मट्टीतेलको मूल्य मात्र घटाइएको निगमले जनाएको छ ।

Write your Comment