आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे पार्टी परित्यागको घोषणा

    प्रकाशित २०८० आश्विन १३, शनिबार (७ महिना अघि)


नवलपुर। माधव कुमार नेपालले नेतृत्व गरेकाे नेकपा एकिकृत समाजवादी पार्टी (नेकपा एस) नवलपुरका अध्यक्ष ,उपाध्यक्ष सहित धेरैले आफूहरु साे पार्टी परित्याग गरेको घाेषणा गरेका छन् । कम्युनिस्ट विचारधाराबाट भने विचलन नहुने जनाउँदै राजिनामा गरिएको छ। उक्त पार्टीमा रहेर जिल्लामा राजनीति गरेका मुख्य व्यक्तिकाे राजिनामाले जिल्लामा माधवकुमार नेपालकाे नेकपा एस पार्टी संकटमा परेको छ।

पार्टी केन्द्रीय कमिटी र प्रदेश कमिटीलाई गराइएको ध्यानाकर्षणमा कुनै छलफल र सुनुवाइ नभएको हुँदा पार्टीमा रहिरहने ओैचित्य समाप्त भएको सार्वजनिक भएको पत्रमा उल्लेख छ।

राजिनामा दिनेमा एसका जिल्ला अध्यक्ष झविलाल राना,उपाध्यक्ष प्रेमनारायण पाण्डे लगायत ३१ जना रहेकाछन् ।

Write your Comment