आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

मंगोलिया ४१ रनमै अल आउट ,२७३ रनले नेपाल विजयी

    प्रकाशित २०८० आश्विन १०, बुधबार (७ महिना अघि)


काठमाडौं ।१९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध नेपालले २ सय ७३ रनको विश्व कीर्तिमानी सहितको जित हात पारेको छ। जितको लागि ३ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मंगोलिया लाई नेपालका बलरहरुले १३दशमलब १ ओभरमै ४१ रनमा अल आउट गरे।

यो टि २० आई इतिहासकै सबैभन्दा ठूलो जित हो।यसअघि २०१९ मा चेक रिपब्लिकनले टर्कीविरुद्ध २ सय ५७ रनको जित हात पारेको थियो।त्यस्तै क्यानडाले २०२१ मा पानामामाथि २ सय ८ रनको फराकिलो जित हात पारेको थियो।

मंगोलियाका दावासुरेनले सबैभन्दा वढि १० रन बनाए।अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले समान दुई विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक एक विकेट लिए।

चीनको हांग्जाउमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो।नेपालका कुशल मल्लले ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनको अविजित इनिङ खेले।कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए । योसँगै कुशल टि२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो।

भारतका रोहित शर्मा,दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए।नेपालबाट भने २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध ४९ बलमा शतक पूरा गरेका थिए।ओडिआईमा कुशलले नै ओमानविरुद्ध ५९ बलमा शतक हानेका थिए।

दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रनमा क्रिजमा नटआउट रहे । दीपेन्द्रले ९ बलमै अर्धशतक प्रहार गरेका थिए।उनी कुनैपनि खेलमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन्।यसअघि भारतीय ब्याटर युवराज सिंहले टि२० आईमा २००७ मा इंग्ल्यान्डविरुद्ध १२ बलमै अर्धशतक हानेका थिए।कप्तान रोहित पौडेल २७ बलमा २ चौका र ६ छक्कासहित ६१ रनमा आउट भए।

नेपालले आफ्नो समूह चरणको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ।माल्दिभ्सले दोस्रो रोजाईको टोली पठाएको छ । आइसिसी टि २० विश्वकप एसिया रिजनल क्वालिफायर ए जुधेको कारण माल्दिभ्सले दोस्रो रोजाईको टोली पठाएको छ।

नेपालको क्वाटरफाइनल औपचारिकता मात्रै बाँकी देखिन्छ । क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान मध्य एक टोलीसँग खेल्नुपर्ने हुन्छ । एसियाडमा क्रिकेटलाई पदकको दाबेदार टोलीको रुपमा हेरिएको छ ।

Write your Comment