आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

सरकार र शिक्षकहरूको औपचारिक वार्ता केही बेरमा सुरु हुँदै

    प्रकाशित २०८० आश्विन ५, शुक्रबार (७ महिना अघि)


काठमाण्डौ । सरकार र शिक्षकहरुको केही बेरमा औपचारिक वार्ता सुरु हुँदैछ सरकारले औपचारिक वार्तामा बोलाएपछि शिक्षकहरू आन्तरिक तयारीमा समेत जुटेका छन्।

सरकार र आन्दोलनरत शिक्षकहरूबीच बिहीबार बिहान र बेलुका समेत छलफल भएको थियो। सरकारले औपचारिकरूपमा आह्वान नगरी विषयमा छलफल नगर्ने अडानमा शिक्षकहरू थिए।

सरकारले शुक्रबार बिहान वार्ताका लागि पत्र पठाएको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

‘सरकारले वार्ताको लागि पत्र पठाएको छ। अब हामी वार्ता समिति बनाउँछौं र वार्तामा बस्छौ, त्यसैको लागि हामी आन्तरिक छलफलमा छौं,’ सुवेदीले देबचुलीखबरसँग भने।

उनले हामीलाई पत्र पठाएँ पस्चात सरकारमा मन्त्रीहरू पनि आन्तरिक छलफलमा जुटेको बताए। सरकारले गृहमन्त्रालयमा वार्ता गर्ने गरी तयारी गरिरहेको छ। आशा छ हाम्रो माग सम्बोधन हुनेछ सुवेदीले बताए ।

असोज ३ गतेदेखि विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक शिक्षकको मागलाई सम्बोधन नभएको भनी नेपाल शिक्षक महासंघले १८ बुँदे माग राख्दै आन्दोलनमा छ।

शिक्षक कर्मचारीमाथि कारबाहीको अधिकार स्थानीय तहमा दिँदा पालिकाबाट ज्यादती सहनु परेको महासंघका महासचिव लक्ष्मीकिशोरले बताए।

Write your Comment