आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

दक्षिण एसियाली सेपाताक्रो च्याम्पियनसिपका लागि देवचुली नगरपालिकाका ५ जना खेलाडी छनोट

    प्रकाशित २०८० आश्विन १, सोमबार (८ महिना अघि)


काठमाडौं । पाँचौँ दक्षिण एसियाली सेपाताक्रो च्याम्पियनसिपका लागि नेपाल सेपाताक्रो संघले छनोट सम्पन्न गरेको छ ।ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ को कभर्डहलमा सम्पन्न छनोटमा सात प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी सहभागी थिए । छनोट भएका मध्ये पुरुष तर्फ ३ जना र महिला तर्फ २ जना खेलाडी देवचुली नगरपालिकाका हुन् ।

पाँचौं सेपाताक्रो च्याम्पियन कार्तिक पहिलो साता सातदोबाटोस्थित कराते हलमा हुनेछ ।

पुरुषतर्फ रविन भट्टराई, रोशन तामाङ, सुजन थिङ, छितिजकुमार धामी, विजय महतो, बिपिन थनेत, पदकबहादुर ठाडा मगर, राजिव कालाखेती, अनिल जर्घामगर, दिपेशजंग थापा, उमेशबहादुर महतो, मिलन थारु, राजन नेपाली र रोशन गुरुङ छनोट गरिएको संघले जनाएको छ । पुरुषतर्फ छनोट भएका मध्ये विजय महतो, बिपिन थनेत र पदकबहादुर ठाडा मगर देवचुलीका हुन् ।

यसैगरी महिलातर्फ चन्द्रा चौधरी, हेनु चौधरी, सुमित्रा डंगोल, कमला दर्जी, निरु थापामगर र प्रतिक्षा थनेट छनोट भए । महिलातर्फ छनोट भएका मध्ये निरु थापामगर र प्रतिक्षा थनेत देवचुलीका हुन् ।

Write your Comment