आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध

    प्रकाशित २०८० भाद्र ४, सोमबार (९ महिना अघि)


चितवन।पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । चितवनको इच्छाकामना गाँउपालिका–६ तोपेखोलामा आज साँझ ८ः०५ बजे पहिरो खस्दा सडक अबरुद्ध भएको हो । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । पहिरो हटाउन डिभिजन सडक कार्यालयको एक्साभेटर तयारी अवस्थामा राखिएको छ । तर पहिरो खस्ने क्रम नरोकिएकाले पन्छाउने काम सुरु भएको छैन । ठूलो पहिरो गएका कारण पहिरो पन्छाउन केही समय लाग्ने सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिनुभयो । अहिले गन्तव्यमा हिडेका सवारीसाधन र यात्रु बाटोमा नै रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले यात्रा गर्दा बैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण पटक पटक अबरुद्ध हुँदै आएको छ ।

Write your Comment