आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

देवचुली १० को बाल उद्यानमा सरसफाईसँगै फूल रोपियो

    प्रकाशित २०८० श्रावण ३१, बुधबार (१ साल अघि)


देवचुली । देवचुली नगरपालिका वडा न १० मा रहेको बाल उद्यानमा विभिन्न प्रजातिका फूलहरु रोपिएको छ। शान्तिदिप युवा क्लबको आयोजनामा उद्यान, खेलमैदान र क्लबको भवन सरसफाइ गरि उद्यानमा विभिन्न प्रकारका फूलहरु रोपिएको हो।

बाल उद्यानमा घाँस, झाडीहरु सफाई गर्दै २५० वटा सयपत्री फूलको बिरुवा,१२ वटा धुपी र स्थानीय फूलहरु रोपण गरिएको क्लबका अध्यक्ष अमर घर्ती मगरले जानकारी दिए। भाईटिकाको समयमा क्लबद्वारा स्थानीयलाई फूल वितरण गर्ने र उद्यान नजिकै रहेको मन्दिरमा आउने धर्मावलम्बीहरुलाई आवश्यक पर्ने फूलहरु लैजान सहज होस भनेर फूल रोपिएको अध्यक्ष घर्ती मगरले बताए। बाल उद्यानमा बर्खासँगै घाँस झाडी बढेकाले सफाई गरिएको र घुम्न आउनेहरुका लागि सहज हुने अपेक्षा लिइएको उनले बताए ।

समृद्ध वडा बनाउन सबैले सहकार्य गर्नुपर्ने देवचुली वडा नम्बर १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले बताए । चाडपर्वको बेलामा फूलको माग बढी हुने र फूल पाउन नि समस्या हुने भएकाले क्लबले सरसफाइसहित विभिन्न फूलका बिरुवा रोप्ने अभियान उत्कृष्ट भएको उनको भनाई छ। सरसफाई तथा वृक्षारोपण कार्यक्रममा जनप्रतिनिधि तथा स्थानीयहरुको सहभागिता रहेको थियो।

Write your Comment