आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

पिठौली स्वास्थ्य चौकीद्वारा आँखा पाक्ने रोग सम्बन्धि विद्यार्थीहरुलाई सचेतना

    प्रकाशित २०८० श्रावण २३, मंगलबार (१ साल अघि)


दीपक शर्मा,कावासोती। कावासोती नगरपालिकाको पिठौली स्वास्थ्य चौकीले आँखा पाक्ने रोग सम्बन्धि विद्यार्थीहरुलाई सचेतना सम्पन्न गरेको छ ।कावासोती १२ मा रहेको पिठौली स्वास्थ्य चौकीले बालबालिकाहरुमा पछिल्लो पटक देखियको आँखा पाक्ने रोगबाट जोगिने उपायको बारेमा सचेतना कक्षा सम्पन्न गरेको हो।


कावासोती १२ मा रहेको सन्तुदेवि आधारभूत विद्यालय र राजरत्न आधारभूत विद्यालयमा सचेतनामुलक कार्यक्रम गरिएको स्वास्थ्य चौकीका अनमी अम्सु श्रेष्ठले बताउनु भयो ।बालबालिकाहरुमा पछिल्लो पटक महामारीको रूपमा फैलिएको र यसको रोकथामको लागि मुख्य कुरा सरसफाई नै भएकोले यो कक्षा सन्चालन गरिएको उहाँले बताउनुभयो ।

सरसफाईमा ध्यान दिन र कस्तो अवस्थामा औषधि प्रयोग गर्ने भन्ने बारेमा घरका सदस्यलाई पनि थाहा हुने भएकोले सचेतना कक्षा प्रभावकारी हुने स्वास्थ्य चौकीले बताएको छ ।बालबालिका र अन्य व्यक्तिले पनि सिक्ने विषय भएकाले सकेसम्म आँखा पाक्ने रोगको संक्रमणबाट जोगिन र संक्रमित भए नजिकैको स्वास्थ्य चौकीमा गएर सेवा लिन वडाले सूचना गरिरहेको कावासोती १२ का वडा अध्यक्ष दिपेश खनालले बताउनुभयो ।


आज भएको सचेतना कार्यक्रममा २ विद्यालयका १२० बालबालिका रहेका थिए ।

Write your Comment