आज:  २०८० मंसिर १८, सोमबार | Mon, 04, Dec, 2023 Search
FLASH NEWS

माओवादीले थप्यो २२ महिला केन्द्रीय सदस्य, को-को परे ?

    प्रकाशित २०८० श्रावण २०, शनिबार (४ महिना अघि)

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थपेको छ । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकले केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थपेको हो ।

मनोनित हुनेमा आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गीताकुमारी कँडेल चौंलागाईं, गीता शाही, छमकुमारी खनाल, दिलमाया बुढामगर, नीरमाया श्रीष छन्।

त्यस्तै, निशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतीकला चलाउने, लालकुमारी पुन, लीला शर्मा, सपना परियार, सीता दाहाल, सुशीला घिमिरे, सुशीला पौडेल, सूर्यकुमारी विक र सरु चौधरी पनि मनोनीत भएका छन्। यससँगै माओवादीको केन्द्रीय समितिमा पूर्ण केन्द्रीय सदस्यको संख्या चार सय सात पुगेको छ।

Write your Comment