आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

पुरानो करलाई निरन्तरता दिन राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा देवचुली नगरपालिकालाई ध्यानाकर्षण

    प्रकाशित २०८० श्रावण १०, बुधबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिकाले वृद्धि गरेको कर पुनः सच्याई पुरानै करको दररेटलाई निरन्तरता दिन राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुर क्षेत्र नम्बर १ ले माग गरेको छ। बुधबार देवचुली नगरपालिकाको प्रमुखको कार्यकक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुर क्षेत्र नम्बर १ का संयोजक रामप्रसाद भुर्तेलको नेतृत्वमा गएको टोलीले कर वृद्धि फिर्ता गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो।

ज्ञापन पत्रमा देवचुली नगरपालिकाले आव २०८०/०८१ को कर अत्याधिक बढाएको कुरा व्यवसायी तथा जनतामार्फत व्यापक जन गुनासो आएकाले राष्ट्रिय स्वतन्त्र पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । चरम आर्थिक संकटले दिनदिनै व्यवसायी विस्थापित र युवाहरु पलायनतर्फ उन्मुख भएको अवस्थामा व्यवसायीलाई संरक्षण र प्रोत्साहन गर्नुपर्ने अवस्थामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।पार्टीले माग गरिएको विषयमा कुनै सुनुवाई नभएमा विरोधका कार्यक्रमहरु अगाडि बढाइने र त्यसबाट कुनै क्षति, हानी नोक्सानी हुन गएमा सबै जिम्मेवारी देवचुली नगरपालिका स्वयम् लिनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

ज्ञापनपत्र बुझ्दै देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपाने र उपप्रमुख पार्वता तिवारीले वृद्धि गरेको करको विषयमा छलफल गरि बैठकबाट निर्णय गरिने बताउनुभयो ।

 

Write your Comment