आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

वारुणयन्त्र (दमकल) खरिद गर्न माग गर्दै युवा संघ र अनेरास्ववियुद्वारा देवचुली नगरपालिकामा ध्यानाकर्षण

    प्रकाशित २०८० बैशाख २८, बिहिबार (११ महिना अघि)


देवचुली । एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुद्वारा वारुणयन्त्र (दमकल) खरिद गर्न माग गर्दै देवचुली नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने र उप प्रमुख पार्वता तिवारीलाई भेटी दमकल खरिद गरि संचालन गर्न दुवै संगठनका नगर कमिटी अध्यक्षहरुद्वारा संयुक्त रुपमा नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् ।

गर्मीयाम बढेसँगै आगलागी जस्ता घटनाहरु बढ्दै गइरहेकाले आगलागी जस्ता विपत्तिबाट हुने क्षति कम गर्नका लागि नगरको आफ्नै दमकल हुन आवश्यक रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ। पालिकाको दमकल नहुँदा अन्य ठाउँबाट बोलाउनुपर्ने र त्यो समयसम्म क्षति बढी हुने हुँदा तत्काल दमकल खरिद प्रक्रिया अगाडि बढाउन नगर प्रमुखसँग माग गरिएको राष्ट्रिय युवा संघ देवचुली नगर कमिटीका अध्यक्ष हरि भट्टराईले बताउनुभयो ।उहाँले नगरपालिकाले गर्ने हरेक सकारात्मक कार्यका लागि सहयोग र साथका लागि दुवै संगठन तयार रहेको जानकारी गराउँदै नगरपालिकाबाट जनतामुखी कार्यलाई निरन्तर प्राथमिकता दिनका लागि समेत अनुरोध गर्नुभयो ।


ध्यानाकर्षण पत्र बुझ्दै देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले नगरपालिकाले दमकल खरिदका लागि संघीय सरकारसँग माग गरि सकेको र दमकल नआउँदासम्म वैकल्पिक उपाय अपनाउने बताउनुभयो ।

Write your Comment