आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

बैशाख १० उपनिर्वाचन: दल दर्ता गर्ने आज अन्तिम दिन

    प्रकाशित २०७९ चैत्र १२, आईतबार (१ साल अघि)


काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ता गर्ने समय आइतबारसम्म रहेको जनाएको छ।आयाेगले दल दर्ताको समय चैत ८ गतेदेखि आजसम्म निर्धारण गरेकाे थियाे। उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ।

आयोगका अनुसार नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्नुपर्दछ।आयोगले चैत १६ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ।यसैगरी, आयोगले चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्नेछ।

चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुन लागेको हाे। चितवन- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकतासम्बन्धी मुद्दामा उनकाे सांसद पद गुमेकाे थियाे।बारा क्षेत्र नम्बर २ मा निर्वाचित भएका रामसहायप्रसाद यादव चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएपछि उनले सांसद र पार्टीबाट राजीनामा दिएका छन्।तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपति निर्वाचित भएसँगै सांसद पदबाट राजीनामा दिएका थिए।आयाेगले रिक्त रहेका तीनवटै क्षेत्रमा एकैचाेटि निर्वाचन गर्ने जनाएकाे छ।

Write your Comment