आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

अनेरास्ववियुको केन्द्रिय सचिवमा न्यौपानेको उम्मेदवारी

    प्रकाशित २०७९ फागुन ३, बुधबार (१ साल अघि)


नवलपुर। विद्यार्थी नेता सागर न्यौपानेले एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रिय सचिव पदमा उम्मेदवारी दिएका छन् । अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा नवलपुर इन्चार्ज समेत रहेका न्यौपानेले काठमाडौंमा मंगलबारबाट सुरु भएको २३ औं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिएका हुन् ।

पृथक र परिष्कृत विद्यार्थी आन्दोलनको नेतृत्व गर्न,समयमै स्ववियु निर्वाचनको लागि पहल गर्न,प्रविधिमैत्री अनेरास्ववियु निर्माण गर्न, विद्यार्थी आन्दोलन भित्रको अराजकता अन्त्य गर्नका लागि केन्द्रिय सचिव पदमा आफ्नो आवश्यकता रहेको उनले बताए ।

अनेरास्ववियु भित्र विद्रोही स्वभावका न्यौपाने देशभर विद्यार्थी माझ राम्रो सम्पर्क र परिचय भएका विद्यार्थी नेता हुन् । उनले २३औं राष्ट्रिय महाधिवेशनमा उपस्थिति सम्पुर्ण प्रतिनिधिहरुलाई सचिव पदमा आफुलाई मतदान गर्न अपिल गरेका छन् ।अधिकांश महाधिवेशन प्रतिनिधिहरुले आफुलाई सचिवमा निर्वाचित गराउनेमा न्यौपाने ढुक्क छन् ।

Write your Comment