आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

देवचुली ९ लाई वडास्तरीय भलिबल प्रतियोगिताको उपाधी

    प्रकाशित २०७९ माघ १५, आईतबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिकामा संचालित वडास्तरीय भलिबल प्रतियोगिताको उपाधी देवचुली ९ ले जितेको छ। शनिबार भएको फाइनल खेलमा देवचुली १६(क) लाई हराउँदै देवचुली ९ ले उपाधीको रक्षा गरेको हो। देवचुली नगर खेलकुद विकास समिति र देवचुली उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा चौथो देवचुली महोत्सव परिसर वरचुली माध्यमिक विद्यालयको खेल मैदानमा खेल संचालन भएको हो ।फाइनल खेलमा देवचुली वडा नम्बर ९ का निशान थापा म्यानअफ द म्याच घोषित भएका छन्।


देवचुली नगर भित्रका १६ टिमको सहभागिता रहेको प्रतियोगितामा बिजेता देवचुली ९ ले नगद १५ हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता देवचुली १६ (क) ले नगद ८ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ। त्यस्तै प्रतियोगितामा तृतीय हुने देवचुली ७ ले नगद ५ हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने आयोजकले जानकारी दिए। सो खेलका बिजेता ,उपबिजेतालाई आइतबार पुरस्कार वितरण गरिने खेल संयोजक चिरञ्जीवी पाण्डेले बताए ।

देवचुली नगर खेलकुद विकास समितिका अध्यक्ष सुभाषचन्द्र ओझाको अध्यक्षता भएको फाइनल खेलको औपचारिक कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीको प्रमुख आथित्यता रहेको थियो।


कार्यक्रममा देवचुली ४ का अध्यक्ष गिरबहादुर थापा क्षेत्री , देवचुली ९ का अध्यक्ष बलिराम सापकोटा, देवचुली १६ का अध्यक्ष केशवराज गौतम, देवचुली १७ का अध्यक्ष दीपक चालिसे,देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सुर्य दवाडी, देवचुली उद्योग वाणिज्य संघका सल्लाहकार सत्यनारायण भुसाल, ईलाका प्रहरी कार्यालय रजहरका प्रमुख भिमसेन घिमिरे,नगर खेलकुद विकास समितिका पदाधिकारी लगायतका खेलप्रेमीहरुको उपस्थिती रहेको थियो ।सो कार्यक्रमको सहजीकरण नगर खेलकुद विकास समितिका सचिव प्रकाश काफ्लेले गरेका थिए ।

Write your Comment