आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

देवचुली १० मा वैदेशिक रोजगारी सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

    प्रकाशित २०७९ माघ ७, शनिबार (१ साल अघि)


देवचुली ।देवचुली नगरपालिका वडा नम्बर १० मा वैदेशिक रोजगारी सम्बन्धि सचेतना तालिम सम्पन्न भएको छ। आप्रवासी कामदार हकहित तथा संरक्षण मञ्च नवलपुरले शुक्रबार देवचुली १० को सभाहलमा वैदेशिक रोजगार सम्वन्धी परामर्श सहितको प्रशिक्षण कार्यक्रम गरेको हो ।

कार्यक्रममा मञ्चका अध्यक्ष युवलाल तिवारी (गोपाल) र उपाध्यक्ष बालकुमारी जिसीले सचेतनामुलक प्रस्तुती सहित सहजीकरण गरेका थिए । वैदेशिक रोजगारीमा जाने क्रममा हुन सक्ने ठगी र विदेशमा आईपर्न सक्ने भिन्न भिन्न समस्याबाट बच्न अपनाउनुपर्ने विषयमा सहजकर्ताले सहजीकरण गरेका थिए ।

अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरुले समेत जिज्ञासा राखेका थिए । स्वदेशमै रोजगारको स्थिति सिर्जना हुन नसक्दा वैदेशिक रोजगारमा जान चाहनेको संख्यामा वृद्धि हुदै जाँदा ठगी र समस्यामा पर्ने दर पनि बढेकोले सम्वन्धित सरोकारवाला व्यक्ति सचेत हुन जरुरी रहेको वडाध्यक्ष रेप्तीकुमार घर्ती मगरले बताए । सीप नहुँदा अदक्ष कामदारका रुपमा विदेशिनु पर्दा धेरैजसो समस्या आउने भएकाले विदेश जानै परे सीपमुलक तालिम लिन समेत वडाध्यक्ष घर्तीले सहभागीलाई आग्रह गरे ।

देवचुली नगरपालिकाको आर्थिक सहयोग तथा वडा कार्यालयले समन्वय कार्यक्रम संचालन भएको हो ।कार्यक्रममा वडा सदस्यहरु,टोल सुधार समितिका पदाधिकारीहरु, वैदेशिक रोजगारमा गई फर्किएका तथा वैदेशिक रोजगारका लागि जाने प्रक्रियामा रहेका व्यक्ति एवं त्यस्ता व्यक्तिका अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो।

Write your Comment