आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024 Search
FLASH NEWS

गैँडाकोटको किसान बचतमा चोरी

    प्रकाशित २०७९ पौष १९, मंगलबार (१ साल अघि)


नवलपुर । नवलपुरको गैंडाकोट १० भेडाबारीमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थामा गएराती चोरी भएको छ । सहकारीको सटर फोडी कार्यालयको सेफमा रहेको रु ५ लाख ९१ हजार नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

तीन जनाको संख्यामा रहेका चोरहरुको समुहले साकोसको सटरकोठा फोडेर नगद चोरी गरेर लगेको साकोस भवन सँगै रहेको मुकुन्द सेन दुध संकलन केन्द्रमा काम गर्ने कृष्ण पाण्डेले खबर गरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार तीन जनाको समुहमा आएका चोरहरुले दुध संकलन केन्द्रमा काम गर्ने पाण्डेको मुख र आँखामा पट्टी बाँधेर मारिदिने धम्की दिएको समेत प्रहरीलाई प्रारम्भिक बयानमा बताएका छन । चोरहरुले सटर फोर्दै गरेको थाहा पाएपछि बाहिर निस्किएका पाण्डेले प्रतिकार गर्ने क्रममा चोरहरुले आँखामा पट्टी बाँधेर मारिदिने धम्की दिएको प्रहरीलाई बयानमा बताएका छन् ।

चोरी गरेर चोरहरु भागेपछि पाण्डेले प्रहरीलाई खबर गरेका र घटनास्थलमा प्रहरी पुगेर आवश्यक अनुसन्धान अगाडी बढाएको पूर्वी नवलपरासी प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागी बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट तालिम प्राप्त कुकुर ल्याउने पहल समेत भैरहेको उपरीक्षक तिवारीले बताउनुभयो ।

Write your Comment