आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024 Search
FLASH NEWS

नवलपुर मार्ट संघको अध्यक्षमा सुनिल न्यौपाने चयन

    प्रकाशित २०७९ पौष १६, शनिबार (१ साल अघि)


देवचुली। नवलपुर मार्ट संघको अध्यक्षमा देवचुली मार्टका सुनिल न्यौपाने चयन भएका छन् । शनिबार देवचुली नगरपालिका स्थित देवचुली मार्टको कार्यालयमा बसेको भेलाबाट न्यौपानेको अध्यक्षतामा १० सदस्यीय समिति गठन गरिएको हो ।

जसको उपाध्यक्षमा सुरेन्द्र आचार्य ,सचिवमा अर्जुन बस्ताकोटी, कोषाध्यक्षमा सुन्दर पाण्डे र सदस्यहरुमा कमलबहादुर पुन, सिजन पराजुली,ताराबहादुर बिक,जीवन सापकोटा,महेश पौडेल र दिपेश गुरुङ चयन भएका हुन् ।


नवलपुरमा रहेका सबै मार्टको ३० वटा आउटलेट रहेको र मार्टहरुलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि संगठित भएको नवगठित नवलपुर मार्ट संघका अध्यक्ष न्यौपानेले बताए ।

Write your Comment