आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

पेट्रोलियम पदार्थको मूल्य घट्यो

    प्रकाशित २०७९ पौष १, शुक्रबार (१ साल अघि)


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।

निगमका अनुसार पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइएको छ ।नयाँ मूल्यअनुसार अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै राखिएको छ ।

भारतबाट पेट्रोलको मूल्य घटेर आएपछि निगमले नेपालमा पनि मूल्य घटाएको हो । अझै १९ अर्ब ऋण तिर्न बाँकी रहेको निगमले जनाएको छ ।

Write your Comment