आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

विश्वकपमा ब्राजिलको विजयी सुरुवात

    प्रकाशित २०७९ मंसिर ९, शुक्रबार (१ साल अघि)


नवलपुर । सर्बियालाई २–० गोलको नतिजामा पराजित गर्दै ब्राजिलले कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘जी’ मा विजयी सुरुवात गरेको छ ।

लुसेल स्टेडियममा सम्पन्न खेलमा ब्राजिललाई जित दिलाउन रिचार्लिसनले दुई गोल गरे ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२औं मिनेटमा पहिलो गोल गर्दै रिचार्लिसनले ब्राजिललाई अग्रता दिलाएका थिए ।

भिनिसियस जुनियरले पेनल्टि बक्सकोे बाँया तर्फबाट गरेको प्रहार सर्वियाका गोलकिपर मिलनकोभिचले ‘पञ्च’ गरेका थिए । प्राप्त रिबाउन्ड बललाई रिचार्लिसनले पोष्टको दिशा दिएका थिए ।

खेलको ७३औं मिनेटमा रिचार्लिसनले ब्राजिलका लागि दोस्रो गाल गरे । भिनिसियसको पासलाई एक्रोब्याटिक फिनिस गर्दै रिचार्लिसनले ब्राजिलको जित २–० ले सुनिश्चित गरे ।

जितसँगै ब्राजिल समूह ‘जी’ को शिर्ष स्थानमा उक्लिएको छ । समूह‘जी’ को पहिलो खेलमा बिहिबार साँझ स्विजरल्यान्डले क्यामरुनलाई १–० गोलको नतिजाम पराजित गरेको थियो । ब्राजिलले समूह चरणको दोस्रो खेलमा सोमबार स्विजरल्यान्डको सामना गर्नेछ । यस्तै, सर्वियाले सोमबार क्यामरुनसँग खेल्नेछ ।

Write your Comment