आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

जंगली जनावरको आक्रमणबाट अब कोही मर्नु पर्दैन : उम्मेदवार पौडेल

    प्रकाशित २०७९ कार्तिक २७, आईतबार (१ साल अघि)

देवचुली। नेकपा एमालेबाट नवलपुर क्षेत्र नं. १ प्रतिनिधि सभाका उम्मेदवार कृष्ण पौडेलले जंगली जनावरको आक्रमणबाट अब अरु कोही मर्न नपर्ने बताए ।
नेकपा(एमाले) देवचुली नगरपालिका वडा नं.-१६, कुजौलीमा आयोजित कार्यक्रममा पौडेलले सो कुरा बताएका हुन्। उम्मेदवार पौडेलले अब एमालेको सरकार आएपछि नारायणी नदि किनार नजिकका बस्तिहरूमा रहने कोही पनि अब जंगली जनावरको आक्रमण बाट मर्नु नपर्ने र ज्यान धनको रक्षा एमालेले गर्ने बताएका हुन । लामो समयदेखि तटबन्ध र जंगली जनावरको समस्या भोग्दै आएका नवलपुरबासीहरुलाई अब यस्तो समस्या भोग्नु नपर्ने बताए ।

जंगली जनावरको आक्रमण र खेती खाइदिने समस्या रोक्नका लागि आवश्यक पर्ने करेन्ट तार लगाउने, लालपुर्जा नपाएका सम्पूर्ण सुकुम्बासीहरूलाइ लालपुर्जा वितरण गर्ने , नारायणी नदि किनारमा तटबन्धको व्यवस्था गर्ने बताएका थिए । कार्यक्रममा बोल्दै स्थानीयहरू लामो समय देखि रातमा निन्द्रा समेत नपर्ने,आफ्नो खेती जोगाउन समस्या भोग्दै आएको,अब एमालेको सरकार आएपछि उक्त समस्या समाधान हुने कुरामा आशावादी रहेको र अब स्थानीय एमालेका उम्मेदवार कृष्ण पौडेललाई नै जिताउने साथै जितको शुभकामना दिदै आफूहरू उत्साहित भएर लागि पर्ने बताएका थिए ।

Write your Comment