आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

‘अधुरा कार्य पूरा गर्न मेरो उम्मेद्वारी, जिल्लालाई प्रदेश राजधानीसँग जोड्नेछु’ रोशन बहादुर गाहा

    प्रकाशित २०७९ कार्तिक २७, आईतबार (१ साल अघि)


‘उम्मेदवारको परिचय र गरेका काम’
नवलपुर । हालको लुम्बिनी प्रदेश साविकको लुम्बिनी अञ्चल पाल्पा जिल्ला साविक सलकोट गाउँ पञ्चायत हालको निस्दी गाउँपालिका बसोवास गर्नुहुने बुबा यमबहादुर गाहा र हेमा मगर्नीको कोखबाट २०२० साल वैशाख २५ गते जेष्ठ सन्तानका रुपमा जन्मनुभएका रोशनबहादुर गाहा मगर २०२४ सालमा साविकको कावासोती गाउँ पञ्चायत (पछि शिवमन्दिर गाउँ विकास समिति) हालको कावासोती नगरपालिका वडा नं. २ भाट्टोलामा बसाइँ सरी आएका हुन ।
सानै उमेरदेखि परीवर्तनकारी सोच भएका गाहा मगर कम बोल्ने मिजासिला र सहन सक्ने स्वभावका हुनुहन्छ । अरुका कुरा धेरै सुन्ने र तथ्यगत रुपमा थोरै बोल्ने र शारीरिक जीउडालसमेत मिलेको देखिने गाहा मगर सानैदेखि राजनैतिक क्षेत्रमा लागे । सादा, सरल , मिजासिलो, नरम स्वभाव, विभेद र पक्षपात नगर्ने, अनावश्यक प्रचार–प्रसारभन्दा काममा विश्वस गर्ने, लगनशील विकासप्रेमी संसदीय क्षेत्रमा परिपक्व गाहा २०३५ सालमा विद्यार्थी राजनीति शुरु गर्नुभएका गाहा मगर पार्टीको किसान संध हुँदै नवलपुर जिल्लाको पार्टी अध्यक्षको जिम्मेवारीसमेत वहन गर्दै हाल नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हुन ।

सामाजिक कार्यलाई आफ्नो जीवनको महत्त्वपूर्ण जिम्मेवारी हो भन्ने ठानी मठ मन्दिर निर्माणदेखि शौक्षिक संस्था स्थापना, स्वास्थ्य क्षेत्रको विकास र पूर्वाधार विकासमा लागे । पहिलो पटक संविधान सभाको निर्वाचनबाट संविधान निर्माणको कार्यमा लाग्दै गत सम्पन्न संघ र प्रदेशको निर्वाचनमा नवलपुर क्षेत्र नं. १ को ख बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित हुँदै त्यस क्षेत्रको विकास निर्माणको कार्यमा सक्रिय रुपमा लागे । आफ्नो पाँच वर्षे कार्यकालमा करीब १०० किलो मिटर सडक कालो पत्रे, २०० किलो मिटर सडकको नालासहितको स्तर उन्नति र करीब ५० करोडको लागतमा विभिन्न क्षेत्रमा खानेपानी सञ्चालन गर्नुभएका गाहा मगरले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा पुनः उम्मेदवारी दिएका छन । उहाँले अघिल्लो ५ वर्षमा थालनी गरिएका अपूरा योजना पूरा गर्ने र नयाँ योजनाहरु सञ्चालन गरी गण्डकी प्रदेशको राजधानीसँग नवलपुरलाई जोड्ने सडक पूरा गर्ने अठोट लिएका छन ।

२०४३ सालमा पहिलो तत्कालीन पटक गाउँ पञ्चायतको उप प्रधानपञ्चबाट जनप्रतिनिधि बन्नु भएको गाहा मगर गाउँ विकास समितिको अध्यक्ष २ पटक, संविधान सभा सदस्य हुँदै हाल गण्डकी प्रदेशको सार्वजनिक लेखा समितिको सभापति रहनुभएको छ । गण्डकी प्रदेशमा नेकपाको सरकार निर्माण हुँदा मन्त्री पक्कापक्कीसमेत भएको थियो । सरकार निर्माण गर्दा भौगोलिक अवस्था र समावेशी प्रतिनिधित्व र तत्कालीन समयमा नेकपा (नेकपा एमाले र माओवादी केन्द्र मिली बनेको नेकपा)को सरकार बन्नुपर्दा दुवै दलबाट समेत प्रतिनिधित्व हुनुपर्ने कारणले मन्त्री बन्न अनुकूलता प्राप्त भएन ।

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेको तर्फबाट पुनः गण्डकी प्रदेश सदस्यमा उम्मेद्वारको रुपमा रहनुभएको छ । नवलपुर क्षेत्र नं. १ को ख बाट नेकपा एमालेबाट उम्मेदवार बनेका रोशन बहादुर गाहा मगरको पहलमा सम्पन्न योजनासहित उहाँको सङ्क्षिप्त परिचय ।

बुबा : बुबा यम बहादुर गाहा
आमा : हेमा मगर्नी
जन्म : २०२० साल बैशाख २५
जन्मस्थान : लुम्बिनी प्रदेश, निश्दी गाँउपालिका
(साविकको लुम्बिनी अञ्चल पाल्पा जिल्ला सलकोट गाँउ पञ्चायत वडा नं. ७)
हाल : कावासोती नगरपालिका वडा नं. २ भाट्टोला, नवलपुर, गण्डकी प्रदेश
साङ्गठनिक जिम्मेवारी
– २०३५ सालमा विद्यार्थी राजनीतिमा प्रवेश ।
– २०३५ सालमा जीवन ज्योति मा.वि. प्रगतिनगरको प्रारम्भिक कमिटी सचिव
– २०३६ सालमा पाकिस्तानमा भुट्टोलाई फाँसी दिएपछि भएको विद्रोहको क्रममा २५ दिन जेल सजाय ।
– २०४४ मा अखिल नेपाल किसान संघमा आवद्ध ।
– शिवमन्दिर गाउँ कमिटीको सचिव ।
– तत्कालीन समयमा नेकपा एमालेको इलाका नं. ५ को सचिव ।
– २०४३ सालमा शिवमन्दिर गाउँ पञ्चायतको उप प्रधानपञ्च पदमा निर्वाचित ।
– २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्था स्थापनाको जनआन्दोलनमा सहभागी ।
– २०४९ सालमा शिवमन्दिर गाउँ विकास समितिको अध्यक्ष पदमा निर्वाचित ।
– नेकपा (एमाले) को पटक जिल्ला कमिटीमा मनोनित ।
– २०५४ सालमा पुनः शिवमन्दिर गाउँ विकास समितिको अध्यक्ष पदमा निर्वाचित ।
– २०६२/०६३ सालको गण्तन्त्र स्थापनाका लागि भएको जनआन्दोलनमा मोर्चा प्रमुख ।
– २०६९ सालमा जिल्ला अधिवेशनबाट जिल्ला कमिटिमा निर्वाचित ।
– २०६४ सालमा संविधान सभा सदस्यमा समानुपातिकबाट निर्वाचित ।
– संविधान सभामा सार्वजनिक लेखा समिति सदस्य र राष्ट्रिय हित संरक्षण समिति पदमा रही महत्त्वपूर्ण जिम्मेवारी निर्वाह ।
– २०६९ मा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्षमा निर्वाचित ।
– २०६९ मा नेकपा एमालेको जिल्ला अध्यक्षको जिम्मेवारी ।
– साविकको नवलपरासी जिल्लालाई दुई जिल्ला विभाजन गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका रहेको ।
– २०७४ मा नवलपुर क्षेत्र नं. १ को खबाट गण्डकी प्रदेश सभा सदस्य पदमा निर्वाचित ।
– २०७८ मा गण्डकी प्रदेशको सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी ।
– २०७९ मंसिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनमा नवलपुर क्षेत्र नं. १ को ख बाट गण्डकी प्रदेश सभा सदस्य पदमा उम्मेदवार ।

सामाजिक संघ संस्थामा आबद्धता
– नर्मदेश्वर मन्दिर (साविकको शिवालय मन्दिर)को सचिव ।
– दुम्कौली स्वास्थ्य केन्द्रको प्रथम बिमा संचालक समितिको अध्यक्ष ।
– शिव. मा.वि., जीवनज्योति, नवदुर्गा प्रा.वि.को सञ्चालक समिति अध्यक्ष एवम् कुमारवर्ती बहुमुखी क्याम्पस, मध्यविन्दु बहुमुखी क्याम्पससहित विभिन्न शौक्षिक संस्थाको संचालक समिति सदस्य पदमा रही कार्य गरेको ।
–सामुदायिक प्रहरी सेवाको संस्थापक सल्लाहाकार समिति सदस्य ।
–नेपाल रेडक्रस सोसाइटी कावासोतीका आजीवन सदस्य ।


निर्वाचन विकास कार्यक्रमअन्तरगत सडक तथा पूर्वाधार निर्माणका कार्यहरु

नवलपुर जिल्लाको प्रदेश क्षेत्र ख को पहाडी र तल्लो क्षेत्रमा साना ठुला गरी करीब ५० किलोमिटर सडक कालोपत्रे तथा ढलान र १०० किलोमिटर जति सडकको स्तर उन्नतिको कार्यहरु सम्पन्न गरिएको छ भने केही सडकहरुको स्तरोन्नति तथा कालो पत्रेको काम सञ्चालनमा रहेको छ । नवलपुर जिल्लालाई प्रदेश राजधानीसँग जोड्ने मुख्य लाइफ लाइनको रुपमा रहेको नवलपुरको मुख्य राजमार्ग हुँदै कुमसोत– पोखरी हुँदै तनहुँको भिमाद जोड्ने सडक निर्माणकै चरणमा रहेको छ भने अन्य ग्रामीण क्षेत्रका सडक निर्माणका कार्यसमेत अघिबढेको छ । कालीगण्डकी कोरीडोर सडक निर्माणकै चरणमा रहेको छ ।
– देवचुलीको वडा नं. ६ मुण्डे– कीर्तिपुर– बन्दीपु्र– कदमपुर हुँदै सि.जी. सडक क्षेत्र कालोपत्रे र सम्पन्नको चरणमा ।
– कावासोतीको फलफूल चोक हुँदै हातीखोर– बालुवाडाँडा– कुमसोत, बोझापोखरी हुँदै बुलिङटार– कोखे १४ किलो मिटर कालो पत्रे र नालासहितको सडक स्तरोन्नति ।
– बुलिङटार वडा नं. ३ बगैंचा सडक नालासहित ढलान मार्ग निर्माण तथा थप सडक स्तरोन्नति हुँदै ।
– बुलिङटार दलित मार्गमा पक्की नालासहितको सडक स्तरोन्नति ।
– कावासोती ११ कुढौली र देवचुली १५ सालधारी जोड्ने पक्की पुल निर्माण ।
– कावासोती-१ लोकाहा र दोवचुली-१० जोड्ने पक्की पुल निर्माण सम्पन्न ।
– देवचुली-१२ र्मितुङ र देउसत खोला (तल आएपछि बहुला खोला भनिने) झोलुङ्गे पुल निर्माण सम्पन्न ।
– पर्यटकीय देवचुली डाँडासम्म पुग्न कीर्तिपुरदेखि देवचुली डाँडासम्म पैदल मार्ग निर्माणको चरणमा ।

उज्यालो कार्यक्रम
गण्डकी प्रदेश सरकारको ‘उज्यालो गण्डकी प्रदेश’ योजनाअनुसार सबै क्षेत्रमा विद्युत् पुर्‍याउने लक्ष्य अनुरुप नवलपुरको पहाडी पालिकाहरुमा विद्युतीकरण संचालन । विद्युत नपुगेका पहाडी क्षेत्रका गाउँपालिका बुलिङटार र बौदिकालीका केही वडामा अहिले पनि विद्युतीकरण कार्य जारी रहेको बुलिङ्गटारको वडा नम्बर ५ र ६ मा छिट्टै विद्युतीकरण गरिने ।

खानेपानी
नेकपा एमालेले प्रतिबद्धता पत्रमा घोषणा गरेअनुरुप एक घर एक धारा कार्यक्रमअन्तरगत नवलपुरको प्रदेश क्षेत्र नं. ख मा ५० करोडको लागतमा खानेपानी योजनाहरुको निर्माण कार्य सम्पन्न तथा सञ्चालनमा रहेका छन् । देवचुलीको दिव्यपुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था करीव ३५ करोडको लागतमा गण्डकी प्रदेशस्तरीय सबेभन्दा ठुलो आयोजना निर्माणको चरणमा रहेको छ । कुमसोत खानेपानी आयोजना, बालुवाडाँडा ढोढे खानेपानी आयोजना, शिममन्दिर खानेपानी कावासोती–१, कीर्तिपुर खानेपानी, लोकाहा खानेपानी, मगरकोट खानेपानी, वडा नं. ७ को खानेपानी र कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ४ करोड ५३ लाखसहित साना ठुला गरी करीब ५० करोडको लागतमा खानेपानीका लागि पूर्वाधार निर्माण कार्य जारी रहेका छन् ।

शिक्षा
प्रदेश निर्वाचन क्षेत्र भित्र रहेका शौक्षिक संस्थाहरुको आवश्यक्ता हेरी भौतिक निर्माण, शौक्षिक विकास तथा प्राविधिक तथा नमुना विद्यालय निर्माण गरिएको छ । उच्च शिक्षा हासिल गराइने कलेजहरुको भौतिक निर्माण गरी शौक्षिक सुधार गरिएको छ ।

स्वास्थ्य
मध्यविन्दु सामुदायिक अस्पताललाई गण्डकी प्रदेशसँगको पहलमा तत्कालीन मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ्ग सहितको पहलमा मध्यविन्दु जिल्ला अस्पताल घोषणा गरी दरबन्दी मिलान तथा सेवालाई वृद्धि गरी ५० सैयाको अस्पतालको रुपमा स्थापना गरिएको छ । जिल्ला अस्पतालको रुपमा रहेको मध्यविन्दु जिल्ला अस्पतालको भौतिक निर्माणका लागि बजेट विनियोजन गरी हाल भवन निर्माणधीनको अवस्थामा रहेको छ । मध्यविन्दु जिल्ला अस्पतालबाट डाइलोसिस सेवा प्रदान गर्न थप जनशक्तिको मग गरिएको र निटक भविष्यमै पूरा हुने ।
पूर्व पश्चिम मुख्य राजमार्गको धेरै भाग ओगटेको नवलपुर जिल्लामा हुन सक्ने सम्भावित दुर्धटनाबाट बच्न दुम्कौली स्वास्थ्य चौकीको क्षमता वद्धि गरी ट्रमा सेन्टरको रुपमा स्थापनाका लागि पहल गरिएको ।

कृषि

जिल्लाको पहाडी क्षेत्रमा तीन ‘अ’ अर्थात् अदुवा, अमिलो र अम्रिसोको प्रवद्धन गरी स्थानीयको आम्दानीको स्रोत बनाइएको छ । नवलपुरको पहाडी क्षेत्रका बासिन्दाका लागि अदुवा, अमिलो जातका फलफूल र अम्रिसो आम्दानीको बलियो स्रोत बनेको हो । बुलिङटारमा आम्दानी प्रमुख स्रोतमा अदुवा, अमिलो जातका फलफूल र अम्रिसो रहेका छन् ।
सुन्तला जोनअन्तर्गत सुन्तलासहित कृषक कागती खेतीतर्फ पनि आकर्षित गराउँदैे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकार्यक्रम संचालन गरिएको छ । सुन्तला र कागती परियोजनाअन्र्तगत अनुदान र आवश्यक सहयोग प्रदान गरिएको छ । परियोजनाअन्तर्गत बर्सेनि सुन्तला तथा कागतीका बिरुवासमेत अनुदानमा वितरण गरिएको छ । पशुपालनका लागि सुधारिएको गोठ कार्यक्रमअन्र्तगत अनुदानको व्यवस्था, उन्नत जातका बिउ विजन, घाँसको विउ र कृषि सामाग्रीसमेत वितरण गरिएको छ ।
बन्यजन्तुबाट कृषकहरुमा हुन सक्ने हानि नोक्सानीलाई न्यूनीकरण गर्दै मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि कावासोती र देवचुली नगरपालिकाको मानव वस्ती र जंगलको सिमानामा मेसजाली सहितको पर्खाल निर्माण गरिएको छ ।

नेकपा एमालेले अघिसारेका योजनाहरु पूरा गर्ने अभिभारा हामीसँगै रहेको छ । ‘समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफल बनाउन हाम्रो कार्यकालमा भए गरेका अधुरा योजना पूरा गर्न र नयाँ कार्यहरुको सुरुवात गर्न मेरो उम्मेदवारी हो’ गाहाले भने ।

 

Write your Comment