आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

‘हामी नवलपुर -१ को विकासका लागि प्रतिबद्ध छौं’

    प्रकाशित २०७९ कार्तिक २१, सोमबार (१ साल अघि)


देवचुली । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरू घरदैलोमा व्यस्त रहेका छन् । मंसिर ४ गते हुने निर्वाचनका लागि आफ्ना योजना सुनाउँदै उम्मेदवारहरू घरदैलोमा व्यस्त रहेका छन् । नेपाली काङ्ग्रेस सहित गठबन्धन, एमाले र अन्य साना तथा स्वतन्त्र उम्मेदवार समेत अहिले घरदैलोमा व्यस्त रहेका छन् ।

यस बिचमा नेकपा एमालेका तर्फबाट नवलपुर १ का उम्मेदवार कृष्ण पौडेल र प्रदेशसभा १ (ख) का उम्मेदवार रोशन बहादुर गाहाले आइतबार देवचुलीका विभिन्न वडामा घरदैलो गरेका छन् ।

देवचुली नगरपालिकामा घरदैलो सहित भएको कोणसभामा बोल्दै नवलपुर १ का उम्मेदवार कृष्ण पौडेलले आफूहरू यस क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभयो । नवलपुर १ सधैँ विकासको मूल प्रवाहबाट पछि परेको भन्दै यसले गर्दा विकासमा यो भूगोल वर्षौ पछाडि धकेलिएकोले अब परिवर्तनको समय आएको बताउनुभयो । उहाँले भन्नुभयो ‘विकास र समृद्धिका लागि यो भूगोल निक्कै पछाडि परेको छ, अब परिवर्तनको सयम आयो , मतदाताले विचार पुर्याउनुपर्छ।’

प्रदेशसभा १ (ख) का उम्मेदवार रोशन बहादुर गाहाले आफु आफ्नो क्षेत्रको विकासका लागि सधैं तत्पर रहेको बताउनुभयो । आफ्नो पहिलो कार्यकाल ऐन ,नियम ,कानुन निर्माणमा खर्चेको र क्रमश यहाँको विकासका लागि लागेको बताउँदै , प्रदेशमा एमालेको सरकार परिवर्तन पछि विकास ठप्प भएको बताउनुभयो । ‘हामीले क्रमश कामहरू गर्दै आएका थियौं, त्यसका थुप्रै उदाहरण छन्, तर जब सरकार परिवर्तन भयो, विकास ठप्प भयो, यसकारण विकास र समृद्धिका लागि एमालेको सरकार आवश्यक छ, यसमा जनताको साथ चाहिन्छ।’

यहाँको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकासमा आफूले भूमिका निर्वाह गरिरहेको र थप विकासका लागि मंसिर ४ गते पछि एमालेको सरकार आवश्यक रहेको बताउनुभयो ।

Write your Comment