आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

शिक्षण सिकाइ अवलोकनका लागि पाल्पा र स्याङ्जाका जनप्रतिनिधि कावासाेतीमा

    प्रकाशित २०७९ भाद्र १६, बिहिबार (१ साल अघि)


दयाराम आचार्य,कावासाेती । कावासाेती नगरपालिकामा भएका शिक्षाकाे असल अभ्यास सिकाईका लागि पाल्पा र स्याङ्जाका जनप्रतिनिधि सहितकाे टाेली कावासाेती आइपुगेको छ ।
दुई जिल्लाका तीन पालिकाका नगर प्रमुख ,उप प्रमुख सहितको टाेली कावासाेती आएका हुन्।

पाल्पाकाे माथागढी नगरपालिकाका मेयर यमबहादुर चिदि, स्याङ्जाको वालिङ नगरपालिका मेयर कृष्ण खाण, पुतलीबजार नगरपालिका मेयर तुलसीराम रेग्मी सहितकाे टाेली कावासाेती आइपुगेको हाे ।

कावासाेती नगरपालिकाकाे शैक्षिक विषयमा अन्तर सिकाइका लागि आएकाे टाेलीलाई नगर प्रमुख विष्णुप्रसाद भुसाल र उप प्रमुख फुलकुमारी थनेतले स्वागत गर्नुभएको थियाे । यश क्रममा कावासाेती नगरपालिकामा ब्रिटिस काउन्सिल नेपालकाे सहकार्यमा नगर भित्रका शैक्षिक गुणस्तर सुधारमा भएका कार्य र गरिएको अभ्यासका बारेमा नगर प्रमुख भुसालले जानकारी प्रदान गर्नुभएको थियो । शिक्षाकाे गुणस्तर सुधारमा आफुहरु लागेकाे जानकारी गराउदै नगर प्रमुख भुसालले शिक्षाकाे गुणस्तर वृद्धि , प्राविधिक शिक्षामा जाेड दिदै दक्ष जनशक्ति उत्पादनमा आफुहरु केन्द्रीत रहेकाे बताउनुभएकाे थियाे ।

शिक्षा शाखाका प्रमुख क्षेत्र बहादुर भण्डारी , श्राेत शिक्षक तीर्थ कंडेलले नगर भित्र शिक्षाकाे विकासमा गरिएका कार्यहरुकाे बारेमा जानकारी प्रदान गर्नुभएको थियाे ।कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कृष्णचन्द्र पाेख्रेल,वडा अध्यक्षहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक , ब्रिटस काउन्सिल नेपालका प्रतिनिधि लगायतकाे उपस्थिती रहेको थियाे ।

Write your Comment