आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

तेक्वान्दो संघ (आई टि एफ) विनयी त्रिवेणीको अध्यक्षमा आले मगर चयन

    प्रकाशित २०७९ भाद्र ४, शनिबार (१ साल अघि)


नवलपुर । तेक्वान्दो संघ (आई टि एफ) विनयी त्रिवेणीको अध्यक्षमा दिप आले मगर सर्वसम्मत चयन भएका छन् । शनिबार नवलपुर तेक्वान्दो संघ(आई टि एफ)को आयोजनामा नारायणी गण्डकी साधारण तथा संस्कृत माध्यमिक विद्यालयमा भएको प्रथम अधिवेशनबाट आले मगरको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।


जसको उपाध्यक्षमा ईस्वर सारु मगर सचिवमा रवि पौडेल कोषाध्यक्षमा सृजना श्रेष्ठ सदस्यमा सन्जना घर्ती मगर,अनुपा महतो,अनन्त बस्नेत,दिनेश थापा र आशिष गुरुङ रहेका छ्न ।

नवलपुर तेक्वान्दो संघका (आई टि एफ)का अध्यक्ष श्री वीर कुँवरको अध्यक्षता भएको पहिलो अधिवेशनमा विनयी त्रिवेणी वडा नं ६ का अध्यक्ष नरेन्द्र शाहीको प्रमुख आतिथ्यता रहेको थियो ।


त्यसै गरि नवलपरासी तेक्वान्दो संघका संस्थापक अचल कुमार जोशी ,विद्यालयका प्रधानाध्यापक दिनेश पाण्डे,आशा स्मृति युवा क्लबका अध्यक्ष दिनेश थापालगायतको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।

Write your Comment