आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

फोहोरको दिगो व्यवस्थापनका विषयमा देवचुलीमा छलफल

    प्रकाशित २०७९ भाद्र १, बुधबार (१ साल अघि)


एलिना केसी,देवचुली। नगरभित्रको फोहोरको दिगो व्यवस्थापनका विषयमा देवचुली नगरपालिकाले अध्ययन गर्ने भएको छ । बुधबार फोहोर मैला व्यवस्थापन सम्बन्धी देवचुली नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य र इन्ड्रीज नेपाल बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । देवचुली नगरपालिका भित्रको फोहोर व्यवस्थापनको दिगो समाधान कसरी गर्ने भन्ने विषयमा अन्तरक्रिया गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा इन्ड्रीज नेपालका प्रशिक्षक जिवन थापाले नगरपालिका भित्रको फोहोरमैलालाई वर्गीकरण गर्ने र त्यसबाट तेल निकाल्ने, काम लाग्ने/नलाग्ने फोहोरलाई छुटाई त्यसबाट आम्दानी गर्न सकिने जस्ता विविध विषयमा जानकारी गराउनुभएको थियो । सुन्दर नगरी देवचुलीलाई अझै सन्दर बनाउन सर्वप्रथम दिगो रुपमा फाहोर व्यवस्थापन गर्नुपर्ने बताउनुभएको थियो । उहाँले इन्ड्रीज नेपालसँग सहकार्य गरि देवचुलीको फोहोरलाई मोहोरमा परिवर्तन गर्न नगरपालिकालाई विभिन्न सुझाव दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका नगरप्रमुख न्यौपानेले बर्षौ देखि चुनौतीको विषयमा रहेको फोहोरको दिगो व्यवस्थापन गर्न नगरपालिका दिनरात लागि परेको बताउनुभएको थियो । फोहोर नगरपालिकाको सबैभन्दा मुख्य समस्या रहेकाले यसको व्यवस्थापनको लागि छिट्टै अध्ययन गरि आवश्यक प्रक्रियामा जाने बताउनुभयो ।

देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Write your Comment