आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

माओवादी केन्द्रलाई यथास्थितिमै रुमल्लिन छूट र रहर छैन : प्रचण्ड

    प्रकाशित २०७९ बैशाख २६, सोमबार (१ साल अघि)


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिमै रुमल्लिन छूट र रहर नभएको बताएका छन्। सोमबार एक सन्देशमार्फत उनले नेपाली जनताका अधुरा सपना पूरा गर्दै समृद्ध नेपालको निर्माणतर्फ अघि बढ्न सेमत आह्वान गरेका छन्।
उनले सिंहदरबार केन्द्रित अधिकार जनताको घर दैलोमा स्थापित गराउन स्थानीय तहको आसन्न निर्वाचन सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । प्रचण्डले प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षड्यन्त्र गरिरहेको दाबी सेमत गरे।
कृषिमा अनुदानमार्फत् उत्पादन, किसान पेन्सन, औद्योगिकरण तथा ग्रामिण आत्मनिर्भर अर्थतन्त्रबाट रोजगारी, सबैखाले शोषण र विभेदको अन्त्य, विदेशमा रगत-पसीना चुहाउने अवस्था नहटाई साँचो अर्थमा लोकतन्त्रको अनुभूति जनताले गर्न नसक्ने उनको भनाई छ। इतिहासले माओवादीलाई जिम्मेवारी सुम्पिएको बताउँदै उनले गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरे।

Write your Comment