आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली १ का ओझा सहित ९० जना काङ्ग्रेस, माओवादी परित्याग गरि एमाले प्रवेश

    प्रकाशित २०७९ बैशाख ९, शुक्रबार (२ साल अघि)


डि.आर.क्षेत्री,देवचुली। स्थानिय तहकाे निर्वाचनकाे सरगर्मी वढिरहदा देवचुली वडा नं १, केउरेनीका सुवास चन्द्र ओझा सहित काङ्ग्रेस र माओवादीका नेता कार्यकर्ता आज एक कार्यक्रमका विच नेकपा एमाले प्रवेश गरेका छन् ।
पार्टीभित्र देखिएकाे किचलाे र पार्टीले आँफूलाई उचित स्थानमा नसमेटेको दुखेसो ब्यक्त गर्दै ओझाले राष्ट्रियको मुद्दामा एकढिक्का भएर लागेकाे नेकपा एमाले पार्टि नै उपयुक्त ठानी आज प्रवेश गरेकाे कार्यक्रममा बाेल्दै ओेझाले वताएका छन् । ओझा नेपाली कांग्रेस गण्डकी प्रदेश प्रतिनिधि , तरुण दल गण्डकी प्रदेश विभाग सदस्य , तरुण दल नवलपुरका सदस्य समेत रहेका थिए ।
ओझा सहित नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधि टेक बहादुर गुराै , क्रियासिल सदस्य श्याम वहादुर थापा , दुर्गा थनेत लगायत ९० जना पार्टि प्रवेश गरेका छन् । नेकपा एमाले स्थापनाकाे ७४ ओैं स्थापना दिवसकाे अवसरमा नेकपा एमाले वडा कमिटि वडा नं १ काे आयाेजनामा वृद्ध वृद्दा सम्मान कार्यक्रम समेत गरेकाे थियाे । कार्यक्रमका प्रमुख अतिथि नवलपुर जिल्ला ईन्चार्ज सांसद तिलक महतले अविर , टीका र खादा लगाएर पार्टिमा प्रवेश गराउनु भएको थियाे ।
नव प्रवेशीहरुलाई स्वागत गर्दै सांसद महतले पार्टीमा सहि र उचित स्थान दिईने वताउनुभएकाे छ । यसै विच नेकपा माओवादी केन्द्रका नेता मिना थापा र ईन्दिरा बुढाथोकी पनि आज नै नेकपा एमाले प्रवेश गर्नुभएको छ । समाराेहमा नेकपा एमाले केन्द्रीय सदस्य तथा पार्टि नवलपरासिका सह ईन्चार्ज तथा केन्द्रीय सदस्य रविन्द्र अधिकारीकाे समेत उपस्थिति रहेकाे थियाे ।

 

Write your Comment