आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीको मेयरमा माओवादी केन्द्रबाट दुई जनाको दाबी

    प्रकाशित २०७९ बैशाख ८, बिहिबार (२ साल अघि)


देवचुली । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका २ जना नेताहरुले देवचुली नगरपालिकाको मेयरमा दाबी गरेका छन् । मेयरमा दाबी गर्नेमा लोकप्रसाद भुर्तेल र राजन गौतम रहेको नगर कमिटी अध्यक्ष सत्यनारायण भुसालले जानकारी दिए । मेयरका लागि २ जनाको नाम सिफारिस भएको नेकपा माओवादी केन्द्र देवचुली स्रोतले बतायो।

यस्तै उप मेयरमा ४ जनाले दाबी गरेका छन् । उपप्रमुखको आकांक्षीमा सत्यनारायण भुसाल,पुर्णकला भुसाल,प्रेमा खनाल र केशरबहादुर क्षेत्री रहेका हुन् । नवलपुरमा पनि चुनावको लागि गठबन्धनको बैठक बसी रहेको र गठबन्धनमा सहमती नभएमा माओवादी केन्द्र एक्लै चुनाव लड्ने अध्यक्ष भुसालले बताए।

Write your Comment